०२ साउन २०८३, शनिबार

सय किलो सुन प्रकरण : भन्सार एजेन्ट रुक्मिना सुब्बा जमानीमा रिहा, बोलाएको बेला हाजिर हुनुपर्ने

साउन १९, २०८०
काठमाडौं
सय किलो सुन प्रकरण : भन्सार एजेन्ट रुक्मिना सुब्बा जमानीमा रिहा, बोलाएको बेला हाजिर हुनुपर्ने
विमानस्थल भन्सार कार्यालय ।

करिब सय किलो सुन तस्करी प्रकरणमा पक्राउ परेकी भन्सार एजेन्ट रुक्मिना सुब्बालाई रिहा गरिएको छ । क्यान्सर पीडित सुब्बालाई मानवीय कारण जमानीमा रिहा गरिएको राजश्व अनुसन्धान विभागले जनाएको छ । 

क्यान्सर पीडित रुक्मिनालाई उपचारका लागि रिहा गरिएको विभागका सूचना अधिकारी नवराज अधिकारीले जानकारी दिए ।

उनका अनुसार बोलाएको बेलामा हाजिर गराउने शर्तमा परिवारको जमानीमा उनलाई रिहा गरिएको हो ।

 

 

salt training

कमेन्ट गर्नुहोस्