१० साउन २०८३, आइतबार
अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्‍न्यास

राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले लिए सन्‍न्यास

साउन १९, २०८०
काठमाडौं
राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले लिए सन्‍न्यास

नेपाली राष्ट्रिय क्रिकेट टोलीको पूर्व कप्तान ज्ञानेन्द्र मल्लले अन्तर्राष्ट्रिय खेलबाट सन्न्‍यास लिएको घोषणा गरेका छन् । शुक्रवार सन्न्यासको घोषणा गर्दै उनले धेरै खेल देशको लागि खेलेको बताउँदै अहिले उपयुक्त समय भएको बताए ।

काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले सन्न्यासको घोषणा गर्दै अन्तर्राष्ट्रिय क्रिकेटमा पूर्ण विराम लगाउँदै एउटा फरक यात्राको आरम्भ गर्ने निर्णयमा पुगेकाे जानकारी दिए ।

सन् २००५ देखि उमेर समूहको क्रिकेटबाट यात्रा शुरु गर्दै यू–१५ टोलीबाट खेल्न थालेका उनले २००५ मा नै यू–१७, यू–१९ बाट २००६ देखि राष्ट्रिय सिनियर टिममा डेब्यू गरेका थिए । 

दायाँ हाते ब्याट्सम्यान ज्ञानेद्र सन् २००६ को १९ वर्ष मुनिको विश्वकप छनोटमा सहभागी भएका थिए ।

उनी २००८ मा अन्डर १९ को उपकप्तान समेत बने । अन्तर्राष्ट्रिय टि २० प्रतियोगितामा उनले कुल ४५ खेलबाट ८८३ रन जोडेका छन् । उनको पहिलो खेल सन् २०१२ मा हङकङसँग हो । ज्ञानेन्द्रले टि २० मा एक पटक शतक समेत प्रहार गरेका छन् ।

एकदिवसीय (ओडिआई) खेलमा भने उनी सन् २०१८ देखि सहभागी हुँदै आएका छन् । उनले पहिलो खेल नेदरल्यान्डसँग खेलेका हुन् । ओडिआईमा उनले कुल ३७ खेलबाट ८७६ रन जोडेका छन् ।

साथै उनले २०२३ मा जिम्बावेस्थित हरारे मैदानमा आईसीसी विश्वकप क्वालिफायर्समा आयरल्यान्डसँग नेपालको जर्सीमा अन्तिम खेल खेलेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्