२२ जेठ २०८३, शुक्रबार

बागमतीमा भागबन्डा मिलाउन मन्त्रालय थपियो, ७७ दिनदेखि बिनाविभागीय मन्त्रीले पाउने भए जिम्मेवारी

साउन २१, २०८०
काठमाडौं
बागमतीमा भागबन्डा मिलाउन मन्त्रालय थपियो, ७७ दिनदेखि बिनाविभागीय मन्त्रीले पाउने भए जिम्मेवारी

बागमती प्रदेशका बिनाविभागीय मन्त्री रामकृष्ण चित्रकारलाई विभागीय जिम्मेवारी दिइने सहमति भएको छ । काठमाडौंमा भएको केन्द्रीय नेताहरूको छलफलमा मन्त्री चित्रकारलाई मन्त्रालय थप गरेर विभागीय जिम्मेवारी दिने सहमति भएको हो । 

बागमतीमा भागबन्डा मिलाउन ११ मन्त्रालयमध्ये पर्यटन, उद्योग तथा सहकारी मन्त्रालयलाई विभाजन गरी १२ वटा पुर्‍याइएको छ ।

कांग्रेसकै भागमा रहेको उद्योग पर्यटन तथा सहकारी मन्त्रालय र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको जिम्मेवारीमा रहेको सामान्य प्रशासन मन्त्रालय छुट्याएर उद्योग तथा सामान्य प्रशासन मन्त्रालय बनाइने सहमति भएको छ । 

गत जेठ ७ गते मन्त्री पदमा नियुक्त भएका उनले साढे दुई महिनादेखि विभागीय जिम्मेवारी पाउन सकेका थिएनन् । यसअघि कुन मन्त्रालय फुटाएर उनलाई जिम्मेवारी दिने भन्नेबारे कांग्रेस र माओवादीबीच विवाद थियो ।

salt training

कमेन्ट गर्नुहोस्