०७ साउन २०८३, बिहीबार

राष्ट्र बैंकको बैंकिङ विभागमा माछापुच्छ्रे बैंकको क्यूआर कोड सेवा

साउन २१, २०८०
काठमाडौं
राष्ट्र बैंकको बैंकिङ विभागमा माछापुच्छ्रे बैंकको क्यूआर कोड सेवा

नेपाल राष्ट्र बैंकको बैंकिङ विभागमा नेपाल पे र फोन पे दुवै नेटवर्कको क्यूआर कोड सेवा सञ्चालनमा आएको छ ।

विदेशी मुद्रा सटही गर्न चाहने सेवाग्राहीको सहजताका लागि प्रत्यक्ष डिजिटल भुक्तानी सेवालाई बढावा दिने उद्देश्यका साथ क्यूआर कोड सञ्चालनमा ल्याएको माछापुच्छ्रे बैंकले जनाएको छ ।

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक दयाराम शर्मा पगेंनी र माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले संयुक्त रुपमा सेवाको शुरुवात गरेका हुन् ।

उक्त सेवाबाट नेपाल राष्ट्र बैंकमा विदेशी मुद्रा सटही लिन आउने सेवाग्राहीहरूले क्यूआरमार्फत भुक्तानी गरी सटही सुविधा लिन सक्ने छन् । जसले गर्दा सेवाग्राहीहरूको काम छिटोछरितो हुने र नगदरहित कारोबारलाई समेत टेवा पुग्ने बैंकले जनाएको छ ।

यस बाहेक फरक–फरक माध्यमहरूमार्फत डिजिटल भुक्तानी सुविधालाई सहज बनाउन आफ्ना ग्राहकहरूका लागि नवीन उत्पादन र सेवाहरू ल्याउन तयार रहेको पनि बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

नगदरहित बैंकिङलाई बढावा दिँदै पहिलो डिजिटल ‘स्मार्ट बैंक’को रुपमा आफूलाई स्थापित गर्ने लक्ष्यमा निरन्तर अगाडि बढिरहेको बैंकले जनाएको छ ।

कमेन्ट गर्नुहोस्