
सर्वोच्च अदालतका न्यायाधीश नहकूल सुवेदीका निजी सुरक्षा अधिकृत (पीएसओ) प्रहरी नायब निरीक्षक प्रभाकार खड्काको पेस्तोल चोरी अभियोगमा पक्राउ परेका दुई जनाको आज प्रहरीले अदालतबाट म्याद थप गरेको छ ।
उक्त पक्ररणमा सिन्धुपाल्चोक बारबिसे–३ का २१ वर्षीय वासुदेव थामी र सिन्धुली गोलान्जोर–४ का २७ वर्षीय मेगबहादुर तामाङलाई शुक्रबार साँझ पक्राउ गरी आज थप अनुन्सधानका लागि जिल्ला अदालतबाट म्याद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलले जानकारी दिए ।
उनका अनुसार पक्राउ परेका थामी र तामाङलाई आज जिल्ला अदालतबाट म्याद थप गरी उक्त घटनाका विषयमा थप आवश्यक अनुसन्धान भइरहेको छ । चोरी गरिएको पेस्तोल तथा त्यसमा लाग्ने सात राउण्ड गोलीसहित म्यागेजिन बौद्धको साघुँ नजिकैबाट बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।