
नेकपा एकीकृत समाजवादीको कार्यवाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष डा वेदुराम भुसाललाई दिइएको छ । अध्यक्ष माधव नेपाल विदेश भ्रमणमा गएसँगै यो अवधिमा पार्टीको काम कारबाही सञ्चालन गर्न भुसाललाई कार्यबाहकको जिम्मेवारी दिइएको हो ।
अध्यक्ष नेपालले भुसाललाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएको पत्र दिँदै कुशवलतापूर्वक जिम्मेवारी सम्हाल्ने विश्वास लिएका छन् । अध्यक्ष नेपाल पार्टी सम्बद्ध प्रवासी नेपाली एकता मञ्चले स्विजरल्याण्ड, स्पेन, क्रोसिया र बेलायतमा आयोजना गर्ने विभिन्न कार्यक्रममा सहभागी हुन भन्दै सोमबार बिहान विदेश प्रस्थान गरेका हुन् । नेपाल भाद्र १ सम्म ती देशको भ्रमणमा रहने जनाइएको छ ।