
भारतीय कांग्रेसका नेता राहलु गान्धी १३७ दिनपछि संसद् भवन पुगेका छन् । मानहानि मुद्दामा त्यहाँको सर्वोच्च अदालत (सुप्रिम कोर्ट)ले सफाइ दिएपछि उनको सांसद पद पुनर्बहाली भएको थियो ।
लोक सभाका सभामुख ओम बिडलाले आजै बिहान उनको सांसद पद पुनर्बहाली गरेका थिए । सांसद पद पुनर्बहाली भएपछि उनी संसद् भवन पुगेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।
गान्धीलाई २ वर्ष कैद सजाय हुने गरी भएको फैसला कार्यान्वयनमा हाई कोर्टले अदालतले रोक लगाएको थियो । ‘मोदी’ थरमाथि अपमानजनक टिप्पणी गरेको आरोपमा गुजरातको अदालतले उनलाई कैद सजाय गरेको थियो । सजायविरुद्ध उच्च अदालत हुँदै सर्वोच्च पुगेका थिए ।
सन् २०१९ मा एक भाषणमा गान्धीले ‘सभी चोरोँका सरनेम मोदी क्यूँ होता है? (सबै चोरको थर मोदी किन हुन्छ ?’ भनि बोलेका थिए।