
कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले अहिले पनि सरकार पनि कामचलाउ अवस्थामै रहेको बताएका छन् । सोमवार आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा ताप्लेजुङको फुङलिङ नगरपालिकालाई दमकल तथा पिकअप भ्यान हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारले अझै पूर्णता नपाएको बताएका हुन् ।
सरकारले पूर्णता नपाएसम्म कामचलाउ अवस्थामै काम गरिरहेका उनको भनाइ छ ।
राजनीतिक तरलता अन्त्य गर्दै दलहरू मिलेर अघि बढे सरकार स्थिर बन्ने उनले बताए । राजनीतिक तरलता अन्त्य गर्न पनि सबै एकै ठाउँमा उभिनु पर्ने उनको भनाइ छ ।
मुख्यमन्त्री अत्यावश्यक सेवा केन्द्र सञ्चालनको लागि ताप्लेजुङको फुङलिङ नगरपालिकालाई दमकल तथा पिकअप भ्यान हस्तान्तरण गरिएको हो । कार्यक्रममा नगरपालिकाका मेयर अम्मिर मादेन र उपमेयर हिमादेवी ओझाले चाबी बुझेका छन् ।