कात्तिक १८, २०८०
जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...
काठमाडाैं | साउन २२, २०८०
कलाकारद्वय मरिचमान श्रेष्ठ ‘बल्छी धुर्बे’ र राजु पौडेल ‘राजु मास्टर’बीचको सम्बन्ध चिसिएको विषय कलाकारिता क्षेत्रमा केही दिनयता चर्चामा छ ।
‘मेरी बास्सै’देखि सँगै रहेका यी दुई हितैषीले ‘हल्का रमाइलो’ र ‘जुठे’ गरी दुईवटा सिरियलको लेखन, निर्देशन एवं अभिनयसमेत गर्दै आएका थिए । यी दुवै सिरियलहरू दर्शकका लागि प्रिय मानिन्छन् ।
स्टेज कार्यक्रम र म्युजिक भिडियोमा समेतसँगै देखिँदै आएका उनीहरूबीच पछिल्लो समय ‘कुरा बिग्रिएको’ थियो । उनीहरूले अब पहिलेजसरी सहकार्य नगर्ने निचोड निकालिसकेको निकटस्थहरू बताउँछन् ।
अब ‘हल्का रमाइलो’लाई ‘बल्छी धुर्बे’ एक्लैले ल्याउनेछन्, जसमा ‘राजु मास्टर’ हुने छैनन् ।
त्यस्तै, ‘राजु मास्टर’ले पनि ‘बल्छी धुर्बे’विना ‘लफडा’ नामको नयाँ सिरियल प्रशारणमा ल्याउनेछन् ।
‘जुठे’मा भने उनीहरू दुवैजना देखिनेछन् । यद्यपि, उक्त सिरियल पहिले ‘राजु मास्टर’को युट्युब च्यानलमा सार्वजनिक हुने गरेकोमा अब नयाँ च्यानलमार्फत सार्वजनिक हुनेछ । उनीहरूबीच कुरा नमिल्नुमा आर्थिक कारण रहेको निकटस्थहरू बताउँछन् ।
जोडी बनेर सहकार्य गरेका उनीहरू मात्रै छुट्टिन पुगेका भने होइनन् । यसअघि थुप्रै त्यस्ता जोडी थिए, जो दर्शकले रुचाउँदा–रुचाउँदै छुट्टिन पुगे ।
जोडी बाँधेर कलाकारितालाई अगाडि बढाउने चलन नेपाल टेलिभिजन स्थापना हुनुभन्दा धेरै वर्ष पहिलेबाटै शुरू भएको हो । हास्य–व्यंग्य प्रस्तुत गर्ने कलाकारहरू रंगमञ्चमार्फत लोकप्रिय भइसकेका थिए ।
त्यो समयदेखि यो समयसम्म आउँदा हास्यव्यंग्यको क्षेत्रमा थुप्रै कलाकारहरूले जोडी बनेर सहकार्य गरे । दर्शकको मन जिते । तीमध्ये केही जोडीहरू निरन्तर सक्रिय रहे पनि धेरै जोडीहरू छुट्टिन पुगे ।
यहाँ विगतमा सहकार्य गरेर हाल अलग–अलग रहेका चर्चित हास्य जोडीबारे चर्चा गरिएको छ ।
किरण केसी र राजाराम पौड्यालको जोडी
कुनै बेला किरण केसी र राजाराम पौड्यालको ‘किरा’जोडी दर्शकमाझ निकै लोकप्रिय थियो ।
‘मह’पछिको नाम चलेको जोडीका रूपमा उनीहरूलाई लिइन्थ्यो । किरण र राजारामको सहकार्य झण्डै १० वर्षसम्म जम्यो । गाईजात्रा प्रहसनमा जोडी बनेर दर्शक हँसाउने उनीहरूले त्यसबेला थुप्रै टेलिफिल्म र विज्ञापनहरूमा समेत काम गरे ।
यद्यपि, पछि उनीहरू छुट्टिन पुगे । राजाराम अमेरिका लागेपछि आफूहरू छुट्टिन पुगेको किरण बताउँछन् । त्यसपछि किरणले शिवहरि पौडेलसँग जोडी बाँधेर सहकार्य गर्न थाले । पछिल्ला वर्षमा पनि किरण र शिवहरिको सहकार्य निरन्तर छ ।
जितु नेपाल र दमन रुपाखेती
जितु नेपाल ‘मुन्द्रे’ र दमन रुपाखेतीको जोडीलाई कुनै बखत दर्शकहरूले निकै रुचाउने गरेका थिए ।
दिनेश डीसीले निर्देशन गर्ने हास्य कार्यक्रम ‘ट्वाक्कटुक्क’ले उनीहरूलाई जोडिदिएको थियो । त्यसपछि उनीहरूले जोडी बनाएर कार्यक्रम ‘गीताञ्जली’ चलाए । जोडी बनेर गाईजात्रा कार्यक्रममा प्रस्तुत भए । अन्य थुप्रै स्टेज कार्यक्रममार्फत पनि दर्शकको मन जिते ।
यो जोडीले ‘जिरे खुर्सानी’ टेलिशृङ्खलाको शुरूआत गर्यो । ‘जिरे खुर्सानी’को ६५ भागपछि दमन एक्कासि हराउन पुगे । शुरूमा उनीहरूबीच सामान्य मनमुटाव भएको थियो ।
अन्ततः उनीहरू सहकार्यलाई निरन्तरता नदिने निचोडमा पुगे । आफूहरूको सहकार्य टुट्नुलाई दमनले त्यसबेला ‘दोस्तीमा भाइरस पसेको’ भनेर टिप्पणी गरेका थिए ।
अहिले एक दशकपछि दमन र जितुबीच ‘मुन्द्रेको कमेडी क्लब’मा सहकार्य हुन पुग्यो । जसले निर्देशन गरेको कार्यक्रमबाट उनीहरू साथी भएका थिए, उनैको निर्देशनमा उनीहरूको ‘मिलन’ भयो ।
सिताराम कट्टेल ‘धुर्मुस’ र केदार घिमिरे ‘माग्ने बुढा’
सिताराम कट्टेल ‘धुर्मुस’ र केदार घिमिरे ‘माग्नेबुढा’को जोडी दर्शकले धेरै रुचाएको जोडी थियो ।
उनीहरूलाई टेलिशृङ्खला ‘मेरी बास्सै’ले मनदेखि जोडेको थियो । जितु नेपालसँग फुटेका दमनले ‘मेरी बास्सै’ शुरू गरे, जसमा ‘जिरे खुर्सानी’बाट सिताराम र केदार पनि आए ।
‘मेरी बास्सै’मा सिताराम ‘धुर्मुस’ र केदार ‘माग्ने बुढा’ बनेर देखिन थाले । दर्शकहरूले पनि उनीहरूको जोडीलाई निकै रुचाए । उनीहरूको जोडी निकै जम्यो । यो सिरियल शुरू गरेका दमन नै उनीहरूको छायाँमा परे । त्यसपछि दमन एकातिर ‘धुर्मुस’ र ‘माग्ने बुढा’को जोडी अर्कारित हुन पुग्यो । पछि दमनले सिरियल छाडे । उनले छाडेको अलि समयपछि ‘धुर्मुस’ र ‘माग्ने बुढा’मा पनि मनमुटाव हुन थाल्यो । सम्बन्ध चिसिए पनि उनीहरूले सिरियल तत्काल छाडिहाल्न भने सकेका थिएनन् । अन्ततः यो जोडी पनि टुट्यो ।
केदार घिमिरे ‘माग्ने बुढा’ र विल्सनविक्रम राई ‘तक्मे बुढा’
‘धुर्मुस’सँग सम्बन्ध चिसिएपछि ‘माग्ने बुढा’ले ‘मेरी बास्सै’मा विल्सन विक्रम राई ‘तक्मे बुढा’लाई भित्र्याए ।
विल्सन सोही सिरियलमार्फत ‘तक्मे बुढा’का रूपमा दर्शकमाझ छाए । ‘माग्ने बुढा’ र ‘तक्मे बुढा’ सिरियलमा मात्र होइन, स्टेजमा पनि जोडी बनेर सँगै देखिन थाले । उनीहरूको जोडी केही समय सक्रिय रह्यो ।
‘मेरी बास्सै’ छाडेपछि ‘माग्ने बुढा’ र ‘तक्मे बुढा’ले नयाँ सिरियल ‘खासखुस’ शुरू गरे । उक्त सिरियल केही वर्ष प्रसारण भएर रोकिन पुग्यो । ‘माग्ने बुढा’को जोडी ‘धुर्मुस’सँग जत्तिको ‘तक्मे बुढा’सँग भने जम्न सकेन ।
विगतका चर्चित हास्य जोडी
फिल्म ‘सिन्दुर’मा गोपालराज मैनालीले ‘चंखे’ र बसुन्धरा भुसालले ‘नक्कली’को भूमिका निर्वाह गरेका थिए ।
हास्य कलाकारका रूपमा बाँधिएको उनीहरूको जोडीलाई दर्शकले यति रुचाए कि लगातार उनीहरूलाई जोडीका रूपमा अफर आउन थाल्यो । जहाँ गोपाल, त्यहाँ बसुन्धरा हुन थालिन् । उनीहरूले धेरै फिल्म र टेलिफिल्ममा जोडीका रूपमा अभिनय गरे । पछि गोपालराज बिरामी भएपछि बसुन्धराले राजाराम पौडेलको जोडी बनेर काम गरिन् ।
४० को दशकमा तैयव शाह र उज्जवल मैनालीको जोडी पनि राम्रो जमेको थियो । शैलेन्द्र सिम्खडा र उज्ज्वल भण्डारीको जोडीले पनि स्टेज र गाईजात्राका कार्यक्रममा राम्रो चर्चा कमाएको थियो । निर्मल पौडेल र रतन सुवेदीको जोडीलाई पनि दर्शकले रुचाएका थिए ।
शिवहरि पौड्याल र खेम शर्माको जोडी पनि चर्चित रह्यो । एक दशकभन्दा लामो समय शिवहरि र खेम जोडी बनेर प्रस्तुत भएका थिए । पछि खेमले नारायण त्रिपाठीसँग जोडी बाँधे । पल्पसा डंगोल ‘चम्सुरी’ र अंशु महर्जन ‘हात्ती’ पनि जोडी बाँधेर सक्रिय रहे ।
उनीहरू केही वर्ष स्टेज कार्यक्रमहरूमा निकै छाए । तर, पछि उनीहरूको जोडी पनि टुट्यो । रवि डंगोल ‘का बेइमान’ पूर्ण थापा ‘सुब्बा साब’सँग जोडी बनेर प्रस्तुत भए । रवि मञ्जु श्रेष्ठ ‘बिजुली’को जोडीका रूपमा पनि केही समय दर्शकमाझ प्रस्तुत भए । ‘तीतोसत्य’मा ज्योति काफ्ले ‘नक्कली बाबुराम’ र विपना बस्नेत ‘हिसिला’ बनेर गरेको प्रस्तुतिलाई पनि दर्शकले रुचाएका थिए । विगतदेखि अहिलेसम्म आउँदा धेरै हास्य जोडी बने पनि केही बाहेक अरू नटिकेको देखिन्छ ।
हास्य जोडीहरू छुट्टिनुमा एक अर्काप्रतिको अविश्वास मुख्य कारण रहेको कलाकार किरण केसी बताउँछन् ।
‘धैर्यता र लगनशीलता नहुनु, एकलेअर्कालाई विश्वास नगर्नु र संयमता नअपनाउनु नै जोडीहरू टुट्नुको मुख्य कारण हो,’ उनले लोकान्तरलाई संक्षिप्त प्रतिक्रिया दिए ।
जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...
सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...
गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ । ...
भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...
जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...
गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ । बाँचेकाहरू शोक र पीडामा छन् । ...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...