२१ जेठ २०८३, बिहीबार

अफगानिस्तानमा विषाक्त खानाका कारण कम्तीमा २०० जना बिरामी

साउन २२, २०८०
काठमाडौं
अफगानिस्तानमा विषाक्त खानाका कारण कम्तीमा २०० जना बिरामी

अफगानिस्तानको पूर्वी प्रान्त खोस्तमा विषाक्त खानाका कारण कम्तीमा २०० जना बिरामी परेका छन् । प्रान्तीय प्रहरी प्रवक्ता मुस्तघफर गरबाजका अनुसार आइतवार साँझ जजाई मैदान जिल्लाको सत्काई गाउँमा गाउँलेहरू एक भोजमा सहभागी भएपछि उनीहरू बिरामी परेका थिए । 

सबै बिरामीहरूलाई नजिकैको अस्पताल र क्लिनिकमा लगिएको छ ।

घटनाबारे अनुसन्धान भइरहेको भन्दै विस्तृत विवरण अनुसन्धान रिपोर्टमार्फत जानकारी गराइने ती अधिकारीले बताए ।

यसैबीच, गाउँले र प्रत्यक्षदर्शी ताहिर अजिमीले भोजको खानाले करिब ४०० जना बिरामी परेको दाबी गरे ।
 

salt training

कमेन्ट गर्नुहोस्