
स्याङ्जाको छाङछाङ्दिमा बस र माइक्रो एक आपसमा ठोक्किंदा तीन जना सामान्य घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख एसपी सञ्जयकुमार राउतका अनुसार अन्यको अवस्था सामान्य छ ।
दुर्घटनामा भारतीय नम्बर प्लेटको एक सवारी र माइक्रोबस एक आपसमा ठोकिएका हुन् ।
घाइते भएकाहरू सामान्य उपचारपछि घर फर्किसकेको जिल्ला प्रहरी कार्यालय स्याङजाले जनाएको छ ।