×

NMB BANK
NIC ASIA

लम्पी स्किनबाट लुम्बिनीमा साढे पाँच हजार बढी पशुको मृत्यु, घट्दै सङ्क्रमण

बुटवल | साउन २२, २०८०

NTC
Premier Steels

विसं २०७७ साउन ७ गते लुम्बिनी प्रदेशको रूपन्देहीमा पहिलो पटक लम्पी स्किन रोगको पहिचान भएको थियो । त्यसयता लुम्बिनी प्रदेशमा पाँच हजार सात सय ४८ पशुको मृत्यु लम्पी स्किनकै कारण भएको छ । घरपालुवा पशुको ज्यानै लिने जटिल प्रकृतिको सरुवा रोग ‘लम्पी स्किन’ व्यापकरूपमा फैलिँदा लुम्बिनी प्रदेशका पशुपालक प्रभावित बनेका छन् । यद्यपि यस रोगबारे जनचेतना वृद्धिका साथै खोपको व्यापक प्रयोगले लुम्बिनीमा लम्पी स्किनको सङ्क्रमण तुलनात्मकरूपमा घटेको सरकारी अधिकारीहरूको भनाइ छ ।

Muktinath Bank

लुम्बिनी प्रदेशमा लम्पी स्किनबाट कूल एक लाख ८० हजार नौ सय ७८ वटा पशु सङ्क्रमित भएको लुम्बिनी प्रदेशको पशुपक्षी तथा मत्स्य विकास निर्देशनालयले तथ्याङ्क उपलब्ध गराएको छ । लुम्बिनीमा सबैभन्दा बढी बाँकेमा ४० हजार आठ सय एक पशुमा यो रोगको सङ्क्रमण देखिएको निर्देशनालयका निमित्त निर्देशक परवेज आलमले जानकारी दिए। सबैभन्दा कम नवलपरासीमा चार सय ९७ पशुमा रोगको सङ्क्रमण देखिएको छ । प्यूठानमा ३४ हजार सात सय १५, रोल्पामा ३० हजार नौ सय ३२, दाङमा २८ हजार सात सय ८४, रुकुममा १२ हजार तीन सय चार, कपिलवस्तुमा आठ हजार एक सय तीनवटा पशुमा लम्पी स्किन सङ्क्रमण देखिएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

    यस्तै अर्घाखाँचीमा सात हजार ९१, रूपन्देहीमा छ हजार आठ सय ८७, पाल्पामा छ हजार पाँच सय ७९, गुल्मीमा तीन हजार चार सय ५८ र बर्दियामा आठ सय २७ वटामा रोगको सङ्क्रमण रहेको आलमले बताउनुभयो । लुम्बिनीमा लम्पी स्किन रोगबाट सबैभन्दा बढी पशु मृत्यु हुनेमा रोल्पा रहेको छ । रोल्पामा दुई हजार ५४ वटा पशुको मृत्यु भएको छ । सबैभन्दा कम नवलपरासीमा २३ वटा पशुको मृत्यु भएको छ ।  


Advertisment
Nabil box
Kumari

लुम्बिनी प्रदेशमा लम्पी स्किन विरुद्धको खोपलाई अभियानका रूपमा सञ्चालन गरिरहेको पशुपक्षी तथा मत्स्य विकास निर्देशनालयका निमित्त प्रमुख आलमले बताए। उनले निर्देशनालय आफैँले र स्थानीय तहहरूको समन्वयमा सबै जिल्लामा खोप लगाउने काम भइरहेको जानकारी दिए। “यसका लागि हामीले प्रदेशमा छ सय ३८ जना प्राविधिकहरू परिचालन गरेका छौँ”, आलमले भने, “खोप खरिद र औषधि उपचारका लागि भनेर अहिले रु दुई करोड ८३ लाख बराबरको कार्ययोजना बनाएर माग गरेका छौँ ।”

Vianet communication

    निर्देशनालय र स्थानीय तह गरी प्रदेशमा अहिलेसम्म ४४ हजार दुई सय ५० पशुलाई खोप लगाइएको आलमले जानकारी दिए । यसैगरी कार्यालयबाट र स्थानीय तह गरी एक लाख नौ हजार नौ सय पशुको रोगको उपचार गरिएको छ ।

 लुम्बिनी प्रदेशमा लम्पी स्किन विरुद्धको खोपलाई यहाँका स्थानीय तहहरूले पनि अभियानका रूपमा अगाडि बढाएका छन् । किसानलाई मर्का पर्न नदिन एवं चौपायाको संरक्षणका लागि पालिकाहरूले नीति तथा कार्यक्रममार्फत नै बजेट छुट्याएर खोपको व्यवस्थापन गरेका छन् । रूपन्देहीको बुटवल उपमहानगरपालिका, तिलोत्तमा नगरपालिका, ओमसतिया गाउँपालिकालगायतले खोपको कामलाई तीव्र बनाएका छन् । 

तिलोत्तमा नगरपालिका प्रमुख रामकृष्ण खाँणले चौपायाको संरक्षण गर्न सकेमात्र पनि किसानलाई ठूलो नोक्सानीबाट जोगाउन सकिने बताए । 

नेपालमा सबैभन्दा बढी गाईमा यो रोग देखिएको छ । यस्तै भैँसी, बाच्छा–बाच्छी, गोरु, पाडा–पाडीमा पनि यो रोग देखिएको छ । सुत्केरी अवस्थामा रहेका पशु, रोगी एवं बिरामी पशु र धेरै दूध दिने पशुहरूमा भएको सङ्क्रमणले ज्यान लिने गरेको छ । रोग लागेका पशुहरूको रोग प्रतिरोधी क्षमता कम हुने हँुदा ज्यानै नगए पनि उनीहरू बाँझो हुने सम्भावना रहेको पशु चिकित्सकहरूको भनाइ छ । 

लुम्बिनी प्रदेशमा पाँच हजार छ सय ७६ वटा भैँसीमा पनि लम्पी स्किनको सङ्क्रमण देखिएको छ । यसबाट ६३ वटा भँैसीको मृत्यु भएको छ भने ४३ हजार पाँच सय ५३ वटाको उपचार गरिएको छ । यस्तै, एक हजार तीन सय ३२ वटा भँैसीलाई लम्पी स्किन विरुद्धको खोप दिइएको छ ।

रगत चुस्ने किरा प्रजातिबाट एक पशुबाट अर्को पशुमा सर्ने यो रोगको सङ्क्रमण लागेका पशुहरूलाई उच्च ज्वरो आउने, नलीका ग्रन्थ सुनिने, शरीरमा गिर्खा र डल्लाहरू आउने हुन्छ । यस्तो खटिराहरू नाक मुख, शरीर, घाँटी र थुनमा धेरै आउँछ । घाउहरू बिस्तारै दुख्दै जाने, घाउ पाक्ने, अल्सर हुने हुन्छ । यस्तो सङ्क्रमणका कारण दूध उत्पादन घट्ने र सङ्क्रमित पशुको मृत्यु नै हुने गरेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x