३२ असार २०८३, बिहीबार
बाढीपहिरो

मकवानपुरमा पहिरोले घर बगाउँदा एकै परिवारका ५ सहित ६ जना बेपत्ता, एकको मृत्यु

साउन २३, २०८०
काठमाडौं
मकवानपुरमा पहिरोले घर बगाउँदा एकै परिवारका ५ सहित ६ जना बेपत्ता, एकको मृत्यु

मकवानपुरमा पहिरोमा परी ६ जना बेपत्ता भएका छन् । मकवानपुरको बागमती गाउँपालिका–५ सिक्रेनीमा पहिरोले घर बगाउँदा ६ जना बेपत्ता भएको गाउँपालिका उपाध्यक्ष फनिन्द्र कुमार तिमल्सिनाले जानकारी दिए । 

भोर्लेनीका अक्कलबहादुर स्याङ्तानको घर पहिरोले बगाउँदा ६ जना बेपत्ता भएका हुन् । घरमा अक्कलबहादुर, उनका श्रीमती, छोरी, ज्वाइँ, २ बच्चा र एकजना पाहुना थिए।

उनका अनुसार पहिरोले घर पुरिएर उनीहरू बेपत्ता भएका हुन् । बेपत्ता हुने ६ जनामध्ये ५ जना एकै परिवारका हुन् भने एक जना  सिन्धुलीबाट पाहुना आएका थिए ।

पहिरोमा परेर एक जनाको ज्यान गएको उनले बताए । उनको सनाखत हुन बाँकी छ । 

बेपत्ता हुनेहरूको खोजी कार्य जारी राखिएको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्