३० असार २०८३, मंगलबार

सलमानको ‘बडीगार्ड’ फिल्मका निर्देशक सिद्दीकीको हृदयघातबाट निधन

साउन २४, २०८०
काठमाडौं
सलमानको ‘बडीगार्ड’ फिल्मका निर्देशक सिद्दीकीको हृदयघातबाट निधन

चर्चित अभिनेता सलमान खानको बलिउड फिल्म ‘बडीगार्ड’का निर्देशक सिद्दीकी इस्माइलको हृदयघातबाट निधन भएको छ ।

उनी केही दिनयता निमोनिया र लिभरको बिरामीबाट पीडित थिए । उपचारका क्रममा हृदयघात भएर उनको निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

उनी मलयालम फिल्म उद्योगमा पनि चर्चित मानिन्छन् । उनले अन्तिम फिल्मका रूपमा ‘बिग ब्रदर’का लागि काम गरेका छन्, जुन फिल्म चर्चित बनेको थियो । 

salt training

कमेन्ट गर्नुहोस्