०७ साउन २०८३, बिहीबार

कैलाली र कञ्चनपुरका यी २ नदीमा बाढीको खतरा, सतर्कता अपनाउन अनुरोध

साउन २४, २०८०
काठमाडौं
कैलाली र कञ्चनपुरका यी २ नदीमा बाढीको खतरा, सतर्कता अपनाउन अनुरोध
प्रतिकात्मक तस्वीर

बाढी पूर्वानुमान महाशाखाले कैलाली र कञ्चनपुरका अधिकांश स्थानहरूमा भारी वर्षा भइरहेकाले ठूला २ नदीमा बाढीको खतरा रहेको जनाएको छ ।

मंगलवार राति अलर्ट जारी गर्दै महाशाखाले कैलालीको खुटिया खोला र कञ्चनपुरको चौधर नदीमा खतरा देखिएको जनाएको छ ।

खुटिया खोलाको मुडीभर केन्द्रमा जलसतह खतरा तह नजिक रहेको र बढ्दो क्रममा रहेको महाशाखाले जनाएको छ । कञ्चनपुरको चौधर नदी दैजी जलमापन केन्द्रमा जलसतह बढ्दो रहेको जनाइएको छ ।

महाशाखाले नदी तटीय क्षेत्रमा रहेकाहरू तथा डुबान भइरहने होचो भूभागमा रहेकाहरूले उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ ।
 

कमेन्ट गर्नुहोस्