![प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठविरुद्ध उजुरी आह्वान [सूचनासहित]](https://lktcdn2.prixacdn.net/media/bishowambhar-shrestha_8bv13cOlRv.png)
सर्वाेच्च अदालतको प्रधानन्यायाधीशमा सिफारिस विश्वम्भरप्रसाद श्रेष्ठविरुद्ध संसदीय सुनुवाई समितिले उजुरी आह्वान गरेको छ ।
आज बुधवार गोरखापत्र दैनिकमा सूचना प्रकाशित गर्दै समितिले उजुरी आह्वान गरेको छ । उजुरीका लागि १० दिन समय दिइएको छ ।
प्रधानन्यायाधीशमा उनलाई नियुक्त गर्न उपयुक्त छैन भन्ने कसैलाई लागेमा मर्यादित भाषामा स्पष्ट आधार एवं सबुत प्रमाणसहित १० दिनभित्र उजुरी दिन सकिने सूचनामा उल्लेख छ ।
