
दोलखामा पहिरोमा पुरिएर एक बालकको मृत्यु भएको छ । बिगु गाउँपालिका–२ ओराङका १४ वर्षीय तिरिश तामाङको मृत्यु भएको हो ।
तामाकोशी नदीमा माछा मार्न गएका तामाङको पहिरोमा पुरिएर मृत्यु भएको इलाका प्रहरी कार्यालय सिङगटीले जनाएको छ । उनी गए राति माछा मार्न तामाकोशी नदी जाँदै गर्दा बाटोमा पहिरोले पुरिएका हुन् । तामाङसँगै गएका अन्य तीन जनाले भागेर ज्यान जोगाएको प्रहरीले जनाएको छ ।
केही दिनअघि गौरीशङ्कर गाउँपालिका–७ मा पहिरोमा परेर दुई जनाको मृत्यु भएको थियो । पहिरोमा परेर दुई जना अझै बेपत्ता छन् ।