३२ असार २०८३, बिहीबार

संखुवासभा कारागारमा २ कैदीको शङ्कास्पद मृत्यु, जेलभित्रै आन्दोलन

साउन २४, २०८०
संखुवासभा
संखुवासभा कारागारमा २ कैदीको शङ्कास्पद मृत्यु, जेलभित्रै आन्दोलन

संखुवासभा कारागारमा २ जना कैदीको शंकास्पद मृत्य भएको छ ।

जिल्ला कारागार संखुवासभाका जेलर राजेन्द्र घिमिरेका अनुसार शौचालयबाट भाग्न खोजेपछि उनीहरूलाई नियन्त्रणमा लिइएको थियो । त्यसपछि उनीरूलाई आन्तरिक प्रशासनले कारवाही गरेको भन्दै जेल भित्र विरोधसमेत भएको उनले बताए । 

मृत्यु हुनेमा बलात्कार मुद्दामा कैद भुक्तान गरिरहेका मादी नगरपालिका–५ का १९ वर्षीय विनोद तालाङ्गी र चोरी मुद्दामा कैद भुक्तान गरिरहेका नुवाकोट ककनी  गाउँपालिका–७ का २८ वर्षीय आकाश बलामी गरेका जेलर घिमिरेले बताए । 

जेलर घिमिरेले के कारणले मृत्यु भएको भन्ने कुरा पुष्टि गरेनन् । ‘उनीहरूको मृत्यु भएको छ । राति ट्वाइलेटको झ्याल काटेर भाग्न खोज्दा सुरक्षाकर्मीले पक्राउ गरेका थिए । त्यसपछि भित्र लगिएको हो,’ जेलरले भने, ‘तर मृत्युको कारणले भने खुलेको छैन ।’

उनीहरूको मृत्यु भएपछि जेलभित्रका कैदीहरूले आन्दोलन गरेका थिए । जेल प्रशासनले ९ जनालाई जेलबाट बाहिर ल्याएर जिल्ला प्रहरी कार्यालयमा सुरक्षित राखिदिन भनेको लोकान्तरलाई बताए । 

‘आन्दोलन भएपछि हामीले नौ जनालाई जेलबाट बाहिर निकालेर जिप्रकामा सुरक्षित राखिदिन भनेका छौं । त्यसपछि भित्रको आन्दोलन शान्त भएको छ,’ जेलर घिमिरेले भने ।

salt training

कमेन्ट गर्नुहोस्