
अनलाइनमार्फत यौनहिंसा गरेको अभियोगमा सिन्धुपाल्चोकको ईन्द्रावती गाउँपालिका–९ बस्ने १९ वर्षीय समिर तामाङ र सोही ठाउँ बस्ने सुरेश तामाङलाई मंगलवार प्रहरीले पक्राउ गरेको छ ।
उनीहरूले फेसबूकमार्फत नाबालिकासँग प्रेम सम्बन्धको बहाना बनाई अडियो र भिडियो कलको माध्यमद्वारा मानसिक तनाव दिएपछि नाबालिकाले ‘प्रोफाइल ब्लक’ गरेको र तत्पश्चात् पनि अपरिचित व्यक्तिको अश्लील फोटो र भिडियोमा पीडित नाबालिकाको अनुहार जोडी सामाजिक सञ्जालमा प्रकाशन तथा प्रदर्शन गरी दुःख हैरानी दिएको खुल्न आएपछि साइबर व्यूरो भोटाहिटीबाट खटिएको प्रहरीले उनीहरूलाई सिन्धुपाल्चोकबाट पक्राउ गरेको हो ।
उनीहरूउपर जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप गरी आवश्यक अनुसन्धान गरिरहेको छ ।