
रुपन्देहीको शुद्धोधन गाउँपालिका–३ दोगाना चोकबाट अवैध लागूऔषध ब्राउन सुगर २ ग्राम २० मिलिग्राम र १ खुकुरीसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा शुद्धोधन गाउँपालिका–५ पुरैनी बस्ने २० वर्षीय सुरज थारु र सोही गाउँपालिका–३ रमवापुर बस्ने २२ वर्षीय उमेश थारु रहेका छन् ।
ईलाका प्रहरी कार्यालय छपिया र प्रहरी चौकी फर्साटिकरबाट खटिएको प्रहरी टोलीले लु८५प ४५५८ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा उनीहरूलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।