१९ असार २०८३, शुक्रबार

हत्या गरेको अभियोगमा दुई महिला पक्राउ

साउन २४, २०८०
रुकुम पश्चिम
हत्या गरेको अभियोगमा दुई महिला पक्राउ

 मुसिकोट नगरपालिका-१ सल्ले बस्ने ५२ वर्षीया हस्तकली बुढाथोकीको हत्या गरेको अभियोगमा २ जना महिलालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा मुसिकोट नगरपालिका-१ सल्ले बस्ने २३ वर्षीया सिर्जना बुढा बोहरा र सोही नगरपालिका-५ टटेला बस्ने ३० वर्षीया शोभा कुमारी सुनार सोनी रहेका छन् । 

हस्तकली बुढाथोकी साउन १९ गते राति आफ्नै घरको कोठामा मृत अवस्थामा फेला परेकी थिइन् । कर्णाली प्रदेश केनाईन शाखा कोहलपुर बाँके, कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत र जिल्ला प्रहरी कार्यालय रुकुम पश्चि्मबाट खटिएको  प्रहरी टोलीले अनुसन्धानको क्रममा घटनामा उनीहरूको संलग्नता रहेको खुलेपछि पक्राउ गरेको हो । उक्त घरबाट चोरी भएका सुनको सिक्री १ थान, सुनको तिलहरी १ थान, सुनका कानवाली १ थान, सुनको चन्द्रमा १ थानसमेत स्वरुप परिवर्तन गरेको अवस्थामा प्रहरीले बरामद गरेको छ । 
उनीहरूउपर जिल्ला अदालत रुकूम पश्चिमबाट ७ दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।  
 

salt training

कमेन्ट गर्नुहोस्