०६ साउन २०८३, बुधबार

मासिक १०० रुपैयाँमा डिशहोम हेर्न पाइने

साउन २५, २०८०
काठमाडौं
मासिक १०० रुपैयाँमा डिशहोम हेर्न पाइने

डिश मिडिया नेटवर्क लिमिटेडले आफ्नो ग्राहकहरूको लागि सुलभ मूल्यमा इन्टरनेट र इन्टरटेन्मेन्ट एकै ठाउँमा भएको प्याकेज उपलब्ध गराएको छ । अब डिशहोमका नयाँ तथा पुरानो ग्राहकले मासिक मात्र रु १०० मा डिशहोमको टीभी हेर्न पाउने छन् ।

डिशहोम फाईवरनेटको नयाँ जडानमा डिशहोम टीभीको कनेक्सन गरी यो अफरको लाभ उठाउन सकिनेछ । यस्तै यो अफरको लाभ पहिलेदेखि डिशहोम टीभी मात्र प्रयोग गरिरहेका ग्राहकले फाईवर नेटको कनेक्सन लिएर सेवा लिन सक्नेछन् ।

कम्पनीले ल्याएको यो अफरमा उच्च गतिको इन्टरनेटसँगै ६० भन्दा बढी एचडी च्यानलसहित २०० भन्दा माथि उच्च पिक्चर क्वालिटीको टीभी सुलभ मूल्यमा ग्राहकहरूले हेर्न सक्नेछन् ।

यो अफरको बारेमा थप जानकारी चाहिएमा ०१–५९७०३६५ मा सम्पर्क गर्न सकिने कम्पनीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्