२९ जेठ २०८३, शुक्रबार

नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा थप २ जना पक्राउ

साउन २६, २०८०
काठमाडौं
नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा थप २ जना पक्राउ

नक्कली शैक्षिक योग्यता प्रमाणपत्र बनाएर चिकित्सक बनेको आरोपमा थप २ जना पक्राउ परेका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनीहरूलाई पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा मोरङका मनित चौधरी र काठमाडौंस्थित इशान अस्पतालमा कार्यरत श्रद्धा शिल्पकार रहेका केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रवक्ता तथा प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।

उनका अनुसार चौधरीलाई शुक्रवार बिहान मोरङबाट र शिल्पकारलाई बिहीवार राति काठमाडौंबाट पक्राउ गरिएको हो । नक्कली शैक्षिक प्रमाणपत्र बनाउनेविरुद्ध ब्युरोले अपरेसन थालेको छ । बिहीवार पनि ब्यूरोले ५ जनालाई पक्राउ गरेको थियो ।
 

salt training

कमेन्ट गर्नुहोस्