२४ जेठ २०८३, आइतबार

वर्षापछिको विपत्तिमा चीनमा २९ जनाको मृत्यु, यातायात, विद्युत, सञ्चारलगायतका पूर्वाधारमा क्षति​

साउन २६, २०८०
काठमाडौं
वर्षापछिको विपत्तिमा चीनमा २९ जनाको मृत्यु, यातायात, विद्युत, सञ्चारलगायतका पूर्वाधारमा क्षति​

उत्तरी चीनको हेबेई प्रान्तमा भर्खरै आएको भीषण वर्षाका कारण उत्पन्न विपद्‌मा परी बिहीवारसम्म २९ जनाको मृत्यु भएको छ भने १६ जना बेपत्ता भएका छन् ।

स्थानीय अधिकारीहरूले शुक्रवार दिएको जानकारीअनुसार अविरल वर्षा र भीषण बाढीले प्रदेशका ११० जिल्लाका विभिन्न शहरहरूमा व्यापक क्षति पुर्‍याएको छ ।

शुक्रवार बिहान आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार विपद् प्रभावित क्षेत्रमा यातायात, विद्युत, सञ्चार, खानेपानीलगायतका पूर्वाधारमा क्षति पुगेको छ । योसँगै प्रान्तले ९५.८१ बिलियन युआन (लगभग १३.३८ बिलियन अमेरिकी डलर) को प्रत्यक्ष आर्थिक क्षति बेहोरेको  बताइएको छ । साथै प्रकोप सृजित क्षतिको समग्र मूल्याङ्कन र प्रमाणीकरण कार्य भइरहेको पनि बताइएको छ ।  

बिहीवारसम्म बाढीबाट करिब ३० लाख ८९ हजार मानिस प्रभावित भएका छन् । साथै कुल ३१९,७०० हेक्टर बाली प्रभावित भएको छ भने १ लाख ३१ हजार ५०० हेक्टर क्षेत्रफल खेतियोग्य भूमिमा क्षति पुगेको छ । 

प्रकोपबाट ४० हजार ९०० घरहरू भत्किएका छन् भने १,५५,५०० घरहरू नराम्ररी क्षतिग्रस्त भएका छन्। शिशु शिक्षालयसहित १ हजार १ सय ५० प्राथमिक र माध्यमिक विद्यालयमा क्षति पुगेको छ । रासस/सिन्ह्वा

salt training

कमेन्ट गर्नुहोस्