
छाममा अरिङ्गालले टोकेर एक जनाको मृत्यु भएको छ।
बिहीवार जिल्लाको साँफेबगर नगरपालिका–८ चण्डिका काटैका निवासी ७२ वर्षीय टेकबहादुर कुँवरको मृत्यु भएको हो ।
कुँवर बिहीवार बाख्रा चराउन जङ्गल गएका बेला मौरीडाँडा भन्ने ठाउँमा अरिङ्गालले टोकेपछि घाइते भएका थिए ।
उनको बयालपाटा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको अछाम जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले जानकारी दिए ।