३० जेठ २०८३, शनिबार

नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा थप १ जना पक्राउ

साउन २६, २०८०
काठमाडौं
नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा थप १ जना पक्राउ

नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र बनाएर चिकित्सक बनेको आरोपमा थप १ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भक्तपुर सिटी हस्पिटलकी डा. पुनम थापा छिन् । उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले पक्राउ गरेको हो । उनी गोठाटारबाट पक्राउ परेकी हुन् ।

सीआईबीले फोक्सट्रोट चार्ली अपरेसन अन्तर्गत यसअघि ७ जना डाक्टरलाई पक्राउ गरिसकेकाे छ ।

पक्राउ पर्नेमा नेपाली कांग्रेसका सासंद सुनिल शर्मा, महोत्तरीका डा. रञ्जितकुमार यादव, त्रिवि शिक्षण अस्पतालमा कार्यरत डा. अमित चौधरी, रौतहटका डा. रामबाबु यादव र डा. एरिना शाह रहेका छन् ।

यस्तै, ब्यूरोले इशान बाल अस्पतालमा कार्यरत चिकित्सक श्रद्धा शिल्पकार र मोरङबाट मनित चौधरीलाई पक्राउ आज पक्राउ गरेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्