२९ असार २०८३, सोमबार

शिक्षण अस्पतालबाटै मिर्गौलाको अवैध कारोबार, यसरी भयो खुलासा

कात्तिक २०, २०७४
शिक्षण अस्पतालबाटै मिर्गौलाको अवैध कारोबार, यसरी भयो खुलासा
काठमाडौँ, ३१ भदौ- त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जबाटै मिर्गौलाको अवैध कारोबार भएको पाइएको छ । मिर्गौला तस्कर गिरोहले आर्थिक प्रलोभनमा पारेका विपन्न व्यक्तिको मिर्गौला शिक्षण अस्पतालमा झिकिएको हो । यसमा अस्पतालका दुई कर्मचारीको समेत मिलेमतो रहेको आशंकामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले छानबिन गरिरहेको छ ।kidney

नयाँ पत्रिका लेख्छ- २० पुस ०७३ मा म्याग्दीको बेनी नगरपालिका–११ घर भएका नवीन खत्रीको मिर्गौला निकालेर बिक्री गरिएको हो । गोरखा घर भएका शम्भुलाल श्रेष्ठमा उनको मिर्गौला प्रत्यारोपण गरिएको थियो । कागजी प्रक्रिया पूरा गर्न दलालहरूले खत्रीको नक्कली नागरिकता बनाएका थिए ।

पोखरामा घर निर्माणको काम गर्ने खत्रीलाई स्थानीय नारायण जिसीले एउटा स्याउ (मिर्गौला) दिए १० लाख नगद, ऋणमा गाडी र जागिर उपलब्ध गराउने आश्वासन दिएर काठमाडौं ल्याएका थिए । जिसीले उनलाई भक्तपुरका प्रकाश बस्नेतको जिम्मा लगाए ।

उनले मृगौला प्रत्यारोपण गरिएका शम्भुलालसँग चिनजान गराए । मृगौला झिकिनुअघिको चार महिना खत्री उनकै घरमा बसे । तर, सहमतिअनुसार तस्कर समूहले रकम नदिँदा एक वर्षपछि खत्रीले घटना बाहिर ल्याएका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्