०५ साउन २०८३, मंगलबार

राजेश हमालको नृत्य रहेको तीज गीत सार्वजनिक

साउन २७, २०८०
काठमाडौं
राजेश हमालको नृत्य रहेको तीज गीत सार्वजनिक

केही वर्षयता फिल्ममा काम नगरेका अभिनेता राजेश हमाल म्युजिक भिडियोमा भने बेलाबेलामा देखिरहेका हुन्छन् । 

पछिल्लो समय उनले एउटा तीज गीतमा काम गरेका छन् । राजेशको नृत्य रहेको ‘आफ्नै घर आँगनमा नाच फरर’बोलको गीत युट्युबमा सार्वजनिक भइसकेको छ । 

यो गीतमा गायक डेभिड शंकर र गायिका भावना आचार्यको स्वर छ । गीतको शब्द एवं संगीत गायिका भावनाकै हो । 

भिडियोमा अभिनेता राजेशले मोडल मन्जु थापासँग कम्मर मर्काएका छन् । 

यस भिडियोलाई देवेन्द्र पाण्डेले कोरियोग्राफी एवं निर्देशन गरेका हुन् । उनी राजेश निकट निर्देशक मानिन्छन् । उत्सव दाहालको छायांकन रहेको यो भिडियोलाई विकास दाहालले सम्पादन गरेका हुन् ।

राजेशले महँगो पारिश्रमिक लिएर यस गीतमा अभिनय गरेको बुझिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्