मंसिर २१, २०७५
काठमाडौं – सन् २००७ भन्दा अगाडि बेलायती सेनमा भर्ती भएका गोर्खा सैनिकलाई गोरा सरह सेवा सुविधा र पेन्सनको माग गर्दै ‘गोर्खा सत्याग्रह, संयुक्त संघर्ष समिति’ले निर्णायक आन्दोलनको तयारी गरिरहेको ...
कैलालीको टीकापुर–५ टीकापुर उद्यान (पार्क) नजिक कर्णाली नदीले कटान तीब्र बनाएको छ । नदीले टीकापुर पार्क सिमानामा बनाइएको तटबन्धनको कटान तीव्र पारेकाले बस्ती जोखिममा परेको हो ।
पार्क क्षेत्रमा कर्णाली नदी तटबन्धन भत्किएमा टीकापुरको वडा नम्बर ५, ६, ७, ८ र ९ वडा पूरै डुबान तथा कटानमा पर्ने देखिन्छ । नदी कटान तीव्र भएपछि शनिवार सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह, भौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवा, आन्तरिक मामिला तथा कानूनमन्त्री शिवराज भट्टल गायतको टोलीले कटान क्षेत्रको अनुगमन गरेको छ ।
मुख्यमन्त्री शाहले नदी नियन्त्रणका लागि प्रदेश सरकारले सक्दो पहल गर्ने जानकारी दिए ।
नदी बस्तीमा पसेमा हजारौं परिवारको उद्धार गर्नुपर्ने, हजारौं बिघा धानबाली नष्ट हुने खतरा बढेपछि बस्ती जोगाउन जैविक तटबन्ध गरिने भएको छ । टीकापुर नगरपालिका विपद् व्यवस्थापन समितिको बैठकले रानी जमरा कुलरिया सिँचाइ आयोजनाको सहयोगमा स्थानीयलाई परिचालन गरी जैविक तटबन्ध गर्ने निर्णय गरेको छ ।
नदी कटान तीव्र हुँदा सिँचाइ आयोजनाले कर्णाली नदीका केही स्थानमा बिग बोल्डर (ठूला ढुंगा) सहितको तटबन्धका लागि ठेक्का दिएको थियो । आयोजनाले जानकी गाउँपालिकाको खैरीफाँटा, टीकापुर नगरपालिकाको वडा नम्बर ५ पार्क क्षेत्र, दौलतपुर र वडा नम्बर ८ को वनगाउँमा बिग बोल्डर राखेर तटबन्ध गर्न गएको चैत महिनामा सम्झौता गरेको थियो ।
खैरीफाँटामा गाल्वा निर्माण सेवाले काम थाले पनि पार्क क्षेत्रमा ठेक्का पाएको मस्ट्रा विल्डर्स धनगढीले समयमा काम नगर्दा बस्ती खतरामा परेको हो । नदी तटबन्ध भत्काएमा टीकापुर पार्कको पहिचान समाप्त हुनेछ । आयोजनाले टीकापुर पार्क क्षेत्रमा चैतमा ठेक्का लिएको निर्माण कम्पनी मस्ट्रा विल्डर्स धनगढीलाई पटक–पटक बोलाउँदा पनि तटबन्धको काम नगर्दा अहिले बस्ती उच्च जोखिममा रहेको आयोजनाका प्रमुख केदारकुमार श्रेष्ठले बताए ।
‘हामीले जोखिम बढेकाले चैतमै ठेक्का गरेका हौं,’ उनले भने, ‘निर्माण कम्पनीले नटेर्दा यो समस्या निम्तिएको हो । साथै ठूला ढुंगा पाउन पनि समस्या भएको छ ।’
नदीले धार परिवर्तन गरेकाले विगतमा भएका तटबन्ध नदीले रोक्न नसक्ने भएकाले आयोजनाले आजभोलि बिग बोल्डरसहित तटबन्ध गर्न थालेको छ । स्थानीय तहले मनोमानी नदी उत्खनन् गरेकाले आज समस्या भएको आयोजना प्रमुख श्रेष्ठको भनाइ छ ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाको सूचनाअनुसार शनिवारदेखि आगामी ३ दिन भारी वर्षाको सम्भावना रहेकाले कर्णाली नदीको पार्क क्षेत्र, दौलतपुरमा जोखिम बढेको छ । पार्क क्षेत्रमा टीकापुर नगरपालिकाले सिँचाइ आयोजनाको सहयोगमा स्थानीय बासिन्दा, प्रहरी, नेपाल रेडक्रस सोसाइटी, राजनीतिक दलका कार्यकर्ता, बरघर, कुला समितिका उपभोक्ताको सहयोगमा तटबन्ध गर्ने भएको छ । तटबन्धका लागि आवश्यक बोरा लगायतका सामग्री सिँचाइ आयोजनाले सहयोग गर्ने, झालापाता, बाँस सामुदायिक वनबाट सहयोग लिने, प्राविधिक जनशक्ति जिल्ला विपद् व्यवस्थापन समितिसँग माग गर्ने टीकापुर नगरपालिकाका प्रमुख रामलाल डगौरा थारूले बताए ।
‘नदी समयमै नियन्त्रण गर्न नसके टीकापुर बाढीले सकिन्छ,’ उनी भन्छन्, ‘नदी फुटेमा हामीले उद्धार तथा राहतका कार्य गर्न पनि नसक्ने अवस्था हुन्छ ।’
काठमाडौं – सन् २००७ भन्दा अगाडि बेलायती सेनमा भर्ती भएका गोर्खा सैनिकलाई गोरा सरह सेवा सुविधा र पेन्सनको माग गर्दै ‘गोर्खा सत्याग्रह, संयुक्त संघर्ष समिति’ले निर्णायक आन्दोलनको तयारी गरिरहेको ...
काठमाडौं – लोकगायक पशुपति शर्माको ‘लुट कान्छा लुट’ बोलको गीतविरुद्ध वक्तव्य निकालेपछि नेकपा निकट युवासंघ यतिबेला चर्चामा छ । युवासंघकै दबाबमा शर्माले गीत युट्युबबाट हटाएको चर्चा राष्ट्रिय...
काठमाडौं – धर्म, संस्कृति र परम्परा मास्न गुठी विधेयक ल्याइएको भन्दै गुठीसँग सरोकार राख्ने समूहले गरेको आन्दोलनपछि सरकारले राष्ट्रिय सभामा पेश गरेको उक्त विधेयक फिर्ता लिने निर्णय गर्यो । काठम...
काठमाडौं – देवेन्द्र पौडेल सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य हुन् । प्रतिनिधिसभा सांसद समेत रहेका नेकपाका प्रभावशाली नेता पौडेल नेत्रविक्रम चन्द ‘विप्लव’ समूहलाई ...
शान्ति सम्झौता भएको १२ वर्ष बितिसक्यो, तर युद्धका घाउहरू अझै मेटिएका छैनन् । २०५२ सालबाट १० वर्षसम्म चलेको सशस्त्र युद्धका क्रममा राज्य र विद्रोही दुवै पक्षबाट गरी करीब १७ हजारको ज्यान गयो भने हजारौं नागरिक घाइते ...
काठमाडौं – प्रगतिशील विचार लेखनमा खगेन्द्र संग्रौला परिचित नाम हो । सरकारका कार्यशैलीविरुद्ध उनी सधै आलोचनात्मक लेख्छन् । सत्ताविरुद्ध जहिले पनि आलोचनात्मक हुने संग्रौलाको लेखनशैली, सरकारका पछिल्ला गतिविध...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...