२४ असार २०८३, बुधबार

ओलीको दाबी– सय किलो सुन एकपटक समातियो, ३३ पल्ट ३३ अर्बको आयो

साउन २८, २०८०
काठमाडौं
ओलीको दाबी– सय किलो सुन एकपटक समातियो, ३३ पल्ट ३३ अर्बको आयो

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ३३ पल्ट अवैध रूपमा सुन तस्करी भएको दाबी गरेका छन् । आइतवार पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्दै ओलीले ३३ पटक सुन तस्करी भएकोमा एक पटकको मात्रै देखाइएको दाबी गरेका हुन् ।

उनले अहिले पनि सुन तस्करी भइरहेको संकेत गरे । ‘सुन तस्करी रोकिएको छ ? एक अर्बको एक सय किलो सुन एकपटक समातियो । ३३ पटक ३३ अर्बको कारोबार भएको छ । तर, एकपल्टको समातियो,' ओलीले दाबी गर्दै भने, ‘एउटा आइटम समाएर देश घुमाएको छ । बाँकी क्रियाकलाप चालू छ ।'

सानो कुरा देखाएर सञ्चार माध्यमको ध्यान त्यता खिच्ने काम भएको उनले बताए । 

salt training

कमेन्ट गर्नुहोस्