२९ जेठ २०८३, शुक्रबार

उदयपुरको कटारी–गाईघाट सडक खण्ड बिहानैदेखि अवरुद्ध, ५० मिटरभन्दा बढी सडक पहिरोले बगायो

साउन २८, २०८०
उदयपुर
उदयपुरको कटारी–गाईघाट सडक खण्ड बिहानैदेखि अवरुद्ध, ५० मिटरभन्दा बढी सडक पहिरोले बगायो

अविरल वर्षासँगै पहिरो गएपछि मदन भण्डारी राजमार्गअन्तर्गत उदयपुरको कटारी–गाईघाट सडक खण्ड अवरुद्ध भएको छ । उदयपुरगढी गाउँपालिका–६ मौवासीखोला पुलनजिकै पहिरो गएपछि सडक खण्ड अवरुद्ध बनेको हो ।

इलाका प्रहरी कार्यालय कटारीका प्रहरी नायब उपरीक्षक रविन कार्कीका अनुसार पहिरोका कारण आज बिहानैदेखि सडक पूर्णरुपमा अवरुद्ध छ । “वर्षा निरन्तर भइरहेको छ, सडक खुलाउन बाधा पुगेको छ”, उनले भने । पहिरोले ५० मिटरभन्दा बढी सडक बगाएको छ । 

सडक अवरुद्ध भएपछि पूर्वबाट आएका सवारीसाधनलाई गाईघाटदेखि लहानहुँदै, बर्दिवासतर्फ पठाउन थालिएको छ । 

यस्तै पश्चिमबाट पूर्वतर्फ आएका सवारीसाधनलाई कटारीबाट सिरहाको मिर्चैया हुँदै पठाउन थालिएको प्रहरी नायब उपरीक्षक कार्कीले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्