
भारतको उत्तर प्रदेशस्थित मेरठमा एउटा अनौठो हत्या तथा लुटपाटको घटना भएको छ । घटनाको ४८ घण्टामै प्रहरीले आरोपितलाई समातेपछि उनीहरूले अनौठो तरिकाले लुटपाट गरेको खुलासा भएको हो ।
पक्राउ पर्नेमा मुख्य आरोपी मेरठकै प्रियांक शर्मा उर्फ पारुष र यश शर्मा उर्फ यशु रहेका छन् । प्रियांक एलएलबीका छात्र हुन् भने अर्का आठ पास हुन् ।
भारतीय सञ्चार माध्यमका अनुसार घटना १० अगस्टको हो । समाचारमा जनाइएअनुसार मेरठको किसनपुर क्षेत्रमा एउटा जैन दम्पतिको हत्या भएको थियो । उनको घरबाट करिब आठ करोडको नगद र सुनचाँदी चोरी भएको थियो ।
आरोपितले प्रहरीसामु दिएको बयानले सबैलाई चकित पारिदिएको छ । उनीहरूले 'असुर'-'गैंग्स अफ वासेपुर' र 'मिर्जापुर'-'वेब सीरिज' हेरेर लुटपाट र हत्याको योजना बनाएको बयान दिएका छन् ।
उनीरूले सिरिज हेरेर दुई वर्षदेखि लुटपाटको योजना बनाएका थिए । सन् २०२० मा असुर वेब सीरीजको पार्ट वन आएको थियो । त्यो हेरेपछि उनीहरूले लुटपाटको योजना बनाएको बयान दिएका छन् ।
युट्युबमा सिरीज हेरेर सबै सिके । दुई वर्षदेखि जैन दम्पतिको सबै कुरा रेकी गरे । नजिकै डेरा लिएर बसेका उनीहरूले दुई वर्षपछि वेब सिरोबाट सिकेर लुटपाट र हत्या गरेका छन् ।
दुवैले लुटेको रकम आधा आधा बाँड्ने योजना बनाएका थिए । उनीहरू लुटेको रकमबाट व्यापार शुरू गर्न चाहन्थे । उनीहरूले यसअघि कुनै अपराधिक घटना नगरेको भारतीय प्रहरीले जनाएको छ ।