
नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले पार्टीभित्र सरकार फेरबदलबारे कुनै छलफल नभएको बताएका छन् ।
संसद् भवन नयाँ बानेश्वरमा आइतवार बसेको संसदीय दलको बैठकपछि पत्रकारहरूले सोधेको एक प्रश्नको जवाफमा लेखकले पार्टीभित्र अहिले सरकार ढाल्नेबारे कुनै छलफल नभएको बताएका हुन् ।
‘संसदीय दलको बैठकमा अहिलेसम्म ५० जना सदस्यले बोल्नुभएको छ । सरकार बदल्ने या ढाल्ने बदल्ने कुरा भएको छैन’ लेखकले भने । संसदीय दलको बैठकबाट भोलि महत्वपूर्ण प्रस्ताव पारित गरिने लेखकले बताए ।
संसदीय दलको बैठकमा बोल्ने अधिकांश सदस्यहरूले अहिलेको गठबन्धनलाई बलियो बनाएर लैजानुपर्ने धारणा राखेका थिए ।
कांग्रेस सांस्दलहरूले संसदमा जारी अवरोध हटाउन पार्टीले भूमिका खेल्नुपर्ने बताएका थिए ।