
सप्तकोशी नदीमा पानीको बहाव २५ वर्षयताकै उच्च भएको छ ।
पानीको बहाव उच्च भएपछि अहिले सप्तकोशी ब्यारेजका सबै ढोका खोलिएका छन् । ब्यारेजमा ५६ ढोका छन् ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी प्रभू ढकालका अनुसार ब्यारेजका ५६ वटै ढोका खोलिएको छन् । ‘सबै ढोका खोलिएको छ,’ उनले भने, ‘अहिलेसम्म सबैतिर सुरक्षित अवस्था नै छ । पहाडतिर पानी निरन्तर परिरह्यो भने अवस्था झनै खतनाक हुनसक्छ । अहिले सुनसरीको पहाडी ईलाकामा पानी रोकिएको जानकारीमा आएको छ ।’
रातिको तुलनामा पानीको बहाब अहिले अलि कम भएको छ । उनका अनुसार पानीको बहाब अहिले ४ लाख ५२ हजार क्यूसेक प्रतिसेकेण्ड रहेको छ । उनले यो रेकर्ड २५ वर्षदेखि यताकै उच्च भएको जानकारीमा आएको बताए ।
पानीको बहाब उच्च हुँदा मात्रै सबै ढोका खोलिने गरेको छ । ठूला सवारीसाधनलाई ओहोरदोहोर गर्न आलोपालो गराइरहेको उनले बताए ।