
नक्कली शैक्षिक प्रमाणको आरोपमा ६ जना कर्मचारी पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी कुमोद ढुङ्गेलका अनुसार ६ जनालाई पक्राउ गरेर अनुसन्धान भइरहेको छ ।
पक्राउ पर्नेमा सिटिजन बैंकका कर्मचारीहरू रुपन्देहीको ड्राइभर टोल शाखाकी मनीशा मास्के, मनिग्राम शाखाकी गोमा ज्ञवाली, कालिका शाखाकी कल्पना खत्री र प्रतिक्षा रेग्मी, बुटवल शाखाका खिमानन्द गौतर र दिपक विष्ट रहेको उनले बताए ।
‘उनीहरूले एसएलसीलगायत फरक फरक सर्टिफिकेटहरू नक्कली भएको पाइएको छ,’ एसपी ढुङ्गेलले लोकान्तरसँग भने । बैंकले दिएको उजुरीका आधारमा उनीहरूलाई रुपन्देहीबाट पक्राउ गरेर काठमाडौं ल्याइँदै छ ।