
नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने धन्दासम्बन्धी प्रकरणमा थप १८ वटा जाहेरी परेको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक ९एसएसपी० डा। मनोज केसीले पुराना अभियुक्तहरूविरुद्ध थप १८ वटा जाहेरी परेको बताएका छन् ।
‘पुरानाविरुद्ध थप १८ वटा जाहेरी आएका छन् । हामीले अनुसन्धानका लागि काठमाडौं प्रहरी परिसरमा पठाएका छौं,' एसएसपी केसीले लोकान्तरसँग भने ।
यस प्रकरणमा १८ जनालाई पक्राउ गरेर पहिलो चरणको अनुसन्धान सकी अभियुक्तहरूलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ ।
कारागारमा पूर्व उपप्रधान मन्त्री टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री बालकृष्ण खाँण, पूर्व गृहसचिव टेकनारायण पाण्डेलगायतका नेता छन् ।