०३ साउन २०८३, आइतबार
सुन बरामद प्रकरण

गालेर बिस्कुट आकारमा ढालियो तस्करीको सुन, आधिकारिक तौल केहीबेरमा सार्वजनिक गरिने

साउन ३०, २०८०
काठमाडौं
गालेर बिस्कुट आकारमा ढालियो तस्करीको सुन, आधिकारिक तौल केहीबेरमा सार्वजनिक गरिने

साउन २ गते त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट जफत गरिएको सुन गालेर बिस्कुट स्वरूपमा ढालिएको छ । नेपाल राष्ट्र बैंकको टक्सार विभागमा बरामद सुन मंगलवार गालिएको हो । 

मोटरसाइकलको ब्रेक सुमा लुकाएर ल्याएको सुन हिजादेखि जोख्ने प्रक्रिया शुरू गरिएको थियो । ब्रेक सुबाट निकालिएको सुन निकाल्दा हिजो ६० किलो ७ सय ८९ ग्राम भएको थियो । 

null

ब्रेक सुबाट निकालिएको सुन आज गालेर बिस्कुटको स्वरूपमा ढालिएको हो । भन्सार तिरेर आयात गरिने सुनको स्वरूपमै बिस्कुट आकारमा बनाइएको हो । 

नेपाली सेना, नेपाल प्रहरी र मिडियाको अगाडि सुन गालिएको थियो । गालिएको सुनको औपचारिक तौल केहीबेरमा सार्वजनिक गरिने नेपाल राष्ट्र बैंक टक्सार विभागका प्रमुख थानेश्वर आचार्यले जानकारी दिए । 

शुरूमा एक क्विन्टल रहेको भनिएको सुन हिजो जोख्दा झण्डै ६१ किलोमा झरेको थियो । अझै केही घट्न सक्ने अनुमान छ ।
 

salt training

कमेन्ट गर्नुहोस्