
काठमाडौं, १ असोज — आणविक हतियारहरूको परीक्षण गरेका कारण कडा आर्थिक प्रतिबन्धको सामना गरेको भएपनि उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ–उनलाई केही फरक परेको छैन । उनी त नियमित रूपमा क्षेप्यास्त्र प्रहार गरेको ग–यै छन् । यहाँ हामी किमको सनकका केही कथा बताउँदैछौं ।

किमको शासनमा कसैले अपराध ग–यो भने उसको तीन पुस्ताले त्यसको सजाय भोग्नुपर्छ । यसको परिणामस्वरूप दुई पुस्ताले कुनै पनि कसूरविना नै कारावास सजाय भोगिरहेका छन् ।
किमले सन् २०१३ मा आफ्नै फुपाजु जेङ सेङलाई १२० वटा शिकारी कुकुरले चिथोरेर मार्ने सजाय दिएका थिए । किमले फुपाजुबाट जोखिम अनुभव गरेर मारिदिएका थिए । फुपुलाई पनि उनले विष दिएर मारेका थिए ।
एउटा बैठकमा रक्षा प्रमुख ह्योङ योङले उँघ्दा किमले उनलाई मारिदिए । उनलाई एन्टी–एयरक्राफ्ट गनको अगाडि उभ्याएर सबै अधिकारीहरूको अनिवार्य उपस्थितिमा मृत्युदण्ड दिए ।
चार वर्षअघि किमको पिता जोङ–इलको मृत्यु हुँदा उनले सबै जनतालाई रुन लगाए । नरुने मानिसलाई उनले मृत्युदण्डको सजाय सुनाए ।
जनता भोकभोकै हुँदा पनि किमले डेनमार्कबाट सुँगुरको मासु र इरानबाट माछा तथा अण्डा आयात गरेर खाने गरेका छन् । हरेक वर्ष दुई अर्ब रुपैयाँको त रक्सी नै पिउँछन् उनी ।
किमका अनुसार उनी दुई इन्द्रधनुषमुनि जन्मेका हुन् । उनको जन्मका बेलामा एउटा तारा आकाशमा बनेको थियो भन्छन् । उनी आफू मौसममा परिवर्तन ल्याउन सक्ने बताउँछन् । छोटोमा भन्दा उनी आफूलाई भगवान् मान्छन् ।
एजेन्सी