१६ असार २०८३, मंगलबार

एकै वर्ष भित्रियो १२ खर्ब २० अर्ब रेमिट्यान्स, कुन महिनामा कति ?

भदौ १, २०८०
काठमाडौं
एकै वर्ष भित्रियो १२ खर्ब २० अर्ब रेमिट्यान्स, कुन महिनामा कति ?
फाइल फोटो

रेमिट्यान्स आगमनमा नयाँ कीर्तिमान कायम भएको छ । नेपालमा अहिलेसम्मकै धेरै रेमिट्यान्स गत आर्थिक वर्ष २०७९/८० मा भित्रिएको छ । गत आवमा मात्रै १२ खर्ब २० अर्ब ५६ करोड रुपैयाँले रेमिट्यान्स भित्रिएको छ । 

रेमिट्यान्स आप्रवाह आर्थिक वर्ष २०७८/७९ को १० खर्ब ७ अर्ब  नेपाली रुपैयाँको तुलनामा यो वर्षको रेमिट्यान्स आप्रवाह २१.२ प्रतिशत बढेको छ । अमेरिकी डलरमा १२.१ प्रतिशतले बढेको नेपाल राष्ट्र बैंकले जारी गरेको तथ्याङ्कले देखाएको छ ।

अघिल्लो वर्ष २०७८/७९ विप्रेषण आप्रवाह ४.८ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १२.१ प्रतिशतले वृद्धि भएर ९ अर्ब ३३ करोड पुगेको छ ।

समीक्षा वर्षमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ४०.३ प्रतिशतले वृद्धि भएको छ । वैदेशिक रोजगारीमा जाने नेपालको संख्या बढेका कारण पनि रेमिट्यानस आप्रवाह बढेको देखिएको छ । 

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिने नेपालीको संख्या गत वर्ष ४ लाख ९७ हजार ७०४ पुगेको छ ।​

गत वर्ष वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा वर्षमा १.८ प्रतिशतले कमी आउँदा पनि २ लाख ७७ हजार २७२ जना पुगेका छन ।

पछिल्लो समय नेपालबाट विदेश जाने नेपालीको संख्या बढेको, विदेशमा न्यूनतम ज्याला पनि बढेको, नयाँ मुलुकसँग सम्झौता हुने र नेपाली जानेको लहर बढ्दा रेमिट्यान्समा वृद्धि आएको आइएमएई मनि ट्रान्सफरका खिरेन्द्र पौडेलले बताए ।

उनका अनुसार नेपालबाट बर्सेनि बाहिर जाने युवा जनशक्ति बढिरहेको छन । काम गर्ने ऊर्जा शील युवा बढेकोले पनि बाहिरबाट उनीहरूले कमाएको आम्दानी भित्रिने क्रम बढ्नुका साथै औपचारिक च्यानलबाट आउने रेमिट्यान्स बढेको पौडेलको बुझाइ छ । 

तथ्यांक अनुसार नेपालमा मासिक १ खर्बको हाराहारीमा रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले जारी गरेको तथ्यांकअनुसार गएको कात्तिकदेखि मासिक १ खर्ब रुपैयाँ रेमिट्यान्स भित्रिइरहेको छ । 

पछिल्लो एक वर्षमा भित्रिएको रेमिट्यान्स अवस्था

null

salt training

कमेन्ट गर्नुहोस्