२४ असार २०८३, बुधबार

जंगली च्याउ खाँदा आमा–छोरीको मृत्यु, बुबा गम्भीर बिरामी

भदौ १, २०८०
बुटवल
जंगली च्याउ खाँदा आमा–छोरीको मृत्यु, बुबा गम्भीर बिरामी
फाइल फोटो

दाङको बंगलाचुली गाउँपालिकामा जंगली च्याउ खाएर बिरामी परेका आमा–छोरीको मृत्यु भएको छ । बुबाको अवस्था गम्भीर रहेको छ ।

साउन २८ गते साँझ बंगलाचुली–४ भित्ताला जंगलबाट खोजेर ल्याएको जंगली च्याउ खाएर बिरामी परेका तीन जनामध्ये दुई जना अर्थात एकै घरका आमा–छोरीको मृत्यु भएको हो ।

च्याउ खाएर गम्भीर बिरामी परेकी बंगलाचुली ४ बस्दै आएकी २७ वर्षिया ईश्वरी सुनारको उपचारका क्रममा शुक्रवार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

सुनारको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारका क्रममा मृत्यु भएको हो ।

यस अघि उनकी ११ वर्षीया छोरी अस्मिता सुनारको साउन ३२ गते (बिहीवार) उपचारका क्रममा बुटवलमा मृत्यु भएको थियो ।

गम्भीर घाइते भएका अजय सुनारको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको छ । अजय ईश्वरीका श्रीमान् हुन् ।

salt training

कमेन्ट गर्नुहोस्