१० साउन २०८३, आइतबार

कांग्रेस नेता भण्डारी अस्पतालबाट डिस्चार्ज, क्यानडाबाट आएको चिकित्सक टोलीबाट शल्यक्रिया

भदौ १, २०८०
काठमाडौं
कांग्रेस नेता भण्डारी अस्पतालबाट डिस्चार्ज, क्यानडाबाट आएको चिकित्सक टोलीबाट शल्यक्रिया

नेपाली कांग्रेसका नेता तथा सांसद डा. चन्द्र भण्डारी उपचारपछि कीर्तिपुरस्थित बर्न सेन्टरबाट ‘डिस्चार्ज’ भएका छन् । उपचारमा संलग्न चिकित्सक डा. किरण नकर्मीले शल्यक्रियाबाट स्वास्थ्यमा सुधार देखिएपछि उनलाई डिस्चार्ज गरिएको जानकारी दिए।

“शल्यक्रियापछि उनको स्वास्थ्य अवस्थामा सुधार आएको छ, अब घरमै आराम गर्नुहुन्छ,” उनले भने, “विस्तारै विस्तारै उनको स्वास्थ्यमा सुधार हुन्छ ।” डा. नकर्मीले बाहिर सङ्क्रमणबाट जोगाउनका लागि उनलाई दुई हप्तासम्म अन्य व्यक्तिको सम्पर्कमा पनि नआउनसमेत भनिएको बताए । 

उनका अनुसार नेता भण्डारीको पुनः मङ्गलवार घाउको ड्रेसिङ गरिनेछ । करिब छ महिना अगाडि घरमा ग्यास लिक हुँदा आगलागीमा परी घाइते भएका उनको यही साउन ३१ गते छालाको प्रत्यारोपण गरिएको थियो । 

“जलनको कारणले घाउ भएपछि दाग परेर नेता भण्डारीको हातको मुठ्ठी पार्न गाह्रो भएको थियो”, उनले भने, “दागहरू निकालेर छाला प्रत्यारोपण गरिएको हो ।”

उनको शल्यक्रियाका लागि क्यानडाबाट अमेरिकीमूलका चिकित्सक डा. तिमोथी स्प्रौलसहित प्राडा बीडी झा, प्राडा शङ्करमान राई, डा. किरण नकर्मी, डा. अनुप सुवेदी, डा. प्रदीप राजभण्डारी, डा. विशाल कार्की, डा. प्रविन गिरी, डा. सुष्मा डङ्गोल, मोहनकृष्ण डङ्गोल र डा. प्रज्वल श्रेष्ठ गरी ११ जनको चिकित्सकको टोली उपचारमा संलग्न रहेको थियो । 

गत फागुन ३ गते राति आगलागीमा परेका सांसद डा. भण्डारीको शुरुमा कीर्तिपुर बर्न सेन्टरमै उपचार गरी थप उपचार भारतको मुम्बईमा रहेको नेशनल बर्न सेन्टरमा गराइएको थियो ।

भारतमा ७३ दिन उपचार गराएर फर्किएपछि उनको गत वैशाख १९ गतेदेखि काठमाडौंको पुरानो बानेश्वरमा रहेको फ्रन्टलाइन अस्पतालमा उपचार भइरहेको थियो । 

salt training

कमेन्ट गर्नुहोस्