२९ जेठ २०८३, शुक्रबार

एमालेले पार्टीको नाममा बनेका फेक एकाउन्ट बन्द गराउने

भदौ १, २०८०
काठमाडौं
एमालेले पार्टीको नाममा बनेका फेक एकाउन्ट बन्द गराउने
फाइल फोटो

नेकपा एमालेले पार्टीको नाम, लोगो र झण्डा प्रयोग गरेर बनाइएका फेक एकाउन्ट बन्द गर्न पहल गर्ने निर्णय गरेको छ ।

सामाजिक सञ्जालको दुरुपयोगमार्फत समाजमा भ्रम सृजना गरिरहेको निष्कर्षसहित एमालेले फेक एकाउन्ट बन्द गराउन पहल गर्ने निर्णय गरेको हो ।

साउन २९ र ३० गते बसेको एमाले सचिवालय बैठकले पार्टी र पार्टी नेतृत्वसँग जोडेर बनाइएका फेक एकाउन्ट बन्द गराउने निर्णय गरेको अध्यक्ष केपी शर्मा ओलीद्वारा जारी अन्तर पार्टी निर्देशनमा उल्लेख छ । 

‘सामाजिक सञ्जालमा अनधिकृत र अज्ञात व्यक्तिहरूबाट पार्टीको नाम, लोगो र झण्डा दुरुपयोग भइरहेको छ । यसले पार्टीपंक्ति तथा समाजमा भ्रम सिर्जना गरिरहेको छ ।

तसर्थ, सामाजिक सञ्जालको दुरुपयोग रोक्न पार्टी र पार्टी नेतृत्वसँग जोडेर बनाइएका फेक एकाउन्ट बन्द गर्ने पहलका लागि केन्द्रीय प्रचार तथा प्रकाशन विभागलाई निर्देशन दिइएको छ’ एमालेको अपानिमा भनिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्