२६ असार २०८३, शुक्रबार

इन्डोनेसियाको होटलमा आगलागी : ३ जनाको मृत्यु

भदौ १, २०८०
काठमाडौं
इन्डोनेसियाको होटलमा आगलागी : ३ जनाको मृत्यु

जकार्ता – इन्डोनेसियाको राजधानी जकार्ताको दक्षिणी भागमा बिहीबार अबेर राति एउटा होटल भवनमा आगलागी हुँदा कम्तीमा तीन जनाको मृत्यु  भएको छ भने अन्य तीनजना नै घाइते भएका छन् ।

    स्थानीय प्रहरीका अनुसार राति करिब ११ः५० बजे आगलागी भएको हो । स्थानीय समयअनुसार बिहीबार केबायोरान बारुको उपजिल्लामा रहेको एफ–२ होटलमा  लागेको  आगो शुक्रबार दिउँसो २ः४० बजे निभिएको थियो ।

    जिल्लाका प्रहरी उपप्रमुख ट्रिबुआना रोजेनोले आगलागीमा तीनजना होटलका पाहुनाको मृत्यु भएको जनाकारी दिएका छन् । उनीहरू भेन्टिलेसन नभएको कोठामा फसेका थिए।

आगलागीमा परी अन्य तीन जना पाहुना पनि घाइते भएका छन् र अहिले  उनीहरूको नजिकैको अस्पतालमा उपचार भइरहेको छ । प्रारम्भिक अनुसन्धानमा चुरोटको टुठाले आगलागी भएको खुलेको छ । –रासस–

salt training

कमेन्ट गर्नुहोस्