भदौ ७, २०८०
भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला र नेपालका लागि साउदी अरेबियाका राजदूत साद नासिर अब्दुल्लाह अबु हमिदबीच पूर्वाधार विकास र आयोजना साझेदारीका विषयमा छलफल भएको छ । बुधवार भएको भेटवार्त...
काठमाडाैं | भदौ १, २०८०
नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल ट्रेड युनियन कांग्रेसले श्रमिकलाई रासन कार्डको व्यवस्था गर्न सरकारलाई आग्रह गरेको छ । नेपाल ट्रेड युनियन कांग्रेसका महासचिव अजयकुमार राईले आज एक विज्ञप्ति जारी गरी कहालीलाग्दो मूल्य वृद्धिमा सरकारले साउन ३२ गते राजपत्रमार्फत श्रमिकलाई मासिक रु १७ हजार तीन सय दिने व्यवस्था गरेको भन्दै उक्त रकमले श्रमिकलाई दैनिक जीवनयापनमा समस्या हुने भएकाले रासन कार्डको व्यवस्था मिलाउन आग्रह गरे ।
‘नेपाल ट्रेड युनियन कांग्रेसले श्रमिकको पारिश्रमिक न्यूनतम रु २५ हजार हुनुपर्छ भन्ने आवाज उठाउँदै आएको अवस्थामा सरकारले राजपत्रमा प्रकाशित गरेको श्रमिकको पारिश्रमिकले जम्मा १७ हजार तीन सय बनाएको छ, यसले श्रमिकलाई दैनिक जीवनयापनमा समस्या हुन्छ,’ महासचिव राईद्वारा जारी विज्ञप्तिमा भनिएको छ । सरकारले चिया क्षेत्रमा गरिएको न्यूनतम तलबरज्याला भेद्भाव गरेको ट्रेड युनियन कांग्रेसले जनाएको छ ।
श्रम ऐन, २०७४ को दफा १०७ अनुसार गठित सरकार, रोजगारदाता र ट्रेड युनियन रहेको न्यूनतम पारिश्रमिक निर्धारण समितिको सिफारिसमा सरकारले दुईरदुई वर्षमा न्यूनतम पारिश्रमिक निर्धारण गर्नुपर्ने प्रावधान विपरीत बजारको मूल्य वृद्धिलाई नजरअन्दाज गरेर सरकारले एकलौटी ढङ्गले श्रमिकको पारिश्रमिक वृद्धि गरेकोप्रति ट्रेड युनियन कांग्रेसले विमती जनाएको छ ।
महासचिव राईले सरकारले विगतमा सम्पूर्ण श्रमिकलाई तोकिएको न्यूनतम पारिश्रमिक कार्यान्वयन नगर्ने, सामाजिक सुरक्षा कोषमा सङ्लग्न नगराउने गरेको तोकिएको पाइएकाले पारिश्रमिक अनिवार्य रुपमा लागू गर्न आग्रह गरेका छन् । –रासस–
भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला र नेपालका लागि साउदी अरेबियाका राजदूत साद नासिर अब्दुल्लाह अबु हमिदबीच पूर्वाधार विकास र आयोजना साझेदारीका विषयमा छलफल भएको छ । बुधवार भएको भेटवार्त...
परराष्ट्र मन्त्रालयअन्तर्गतको राहदानी विभागले बिहीवार सार्वजनिक बिदा परेकाले पासपोर्ट (राहदानी) लिने काम पछिलाई सरेको जनाएको छ । विभागले बुधवार एक विज्ञप्ति जारी गर्दै बिहीवारका लागि राहदानी पाउन निश्चित भए...
बागमती प्रदेश सरकारका सामाजिक विकासमन्त्री कुमारी मुक्तानले चालु आर्थिक वर्षमा करिब चार हजार युवालाई रोजगारीका लागि कार्यक्रम गर्ने तयारी गरेको बताएकी छन् । मन्त्रालयले युवालाई स्वदेशमा नै रोजगारीको सि...
सैनिक कल्याणकारी कोषले विभिन्न पदमा करार कर्मचारी माग गरेको छ । निर्देशनालयले सोमवार सूचना जारी गर्दै उप्राध्यापकदेखि सफाई कर्मचारीसम्म ८७ कर्मचारी माग गरेको हो । कोषले सूचना प्रकाशन भएको मितिले १५ द...
नेपालबाट इजरायलमा सरकारी प्रक्रियामार्फत नै दोस्रो चरणमा सहायक कामदार पठाउन सरकारले तयारी थालेको छ । इजरायलबाट दोस्रो चरणमा सहायक कामदार माग गरिएकाले सहायक कामदार पठाउन तयारी थालिएको श्रम, रोजगा...
त्रिभुवन विश्वविद्यालय, चिकित्सा शास्त्र अध्ययन संस्थान महाराजगन्जले ५० जना स्टाफ नर्स माग गरेको छ। विश्वविद्यालयले शुक्रबार सूचना जारी गर्दै संस्थानअन्तर्गतका शिक्षण अस्पताल (टिचिङ)/केन्द्रहरूमा अस्थायी सेवामा...
तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...
नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...
मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...