२७ जेठ २०८३, बुधबार

भारतको बिहारमा एक पत्रकारको गोली हानी हत्या

भदौ २, २०८०
काठमाडौं
भारतको बिहारमा एक पत्रकारको गोली हानी हत्या

भारतको पूर्वी राज्य बिहारमा एक पत्रकारको हत्या भएको छ । राजधानी पटनाबाट करिब ३१५ किलोमिटर पूर्वमा अररिया जिल्लाको रानीगञ्ज बजार क्षेत्र पत्रकार विमलकुमार यादवको हत्या भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । 

समाचारमा जनाइएअनुसार हिन्दी पत्रिका दैनिक जागरणमा कार्यरत ३५ वर्षीय यादव घरभित्र रहेको समयमा हतियारधारी समूहले गोली हानेको हो । 
 
शुक्रवार बिहान अज्ञात बन्दुकधारीले ढोका ढकढक्याएर उनलाई बोलाई छातीमा गोली हानेको त्यहाँको प्रहरीले जनाएको छ ।  गोली लागेपछि उनको घटनास्थलमै मृत्यु भएको हो ।

केही वर्षअघि उनका भाइको पनि यसैगरी हत्या गरिएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्