×

स्वस्तिमासँग फिल्मदेखि राजनीतिसम्मका कुरा

‘महंगो पारिश्रमिक लिँदैमा स्टार भइँदैन, कुन फिल्मबाट कति लिएँ घरमा पनि थाहा हुँदैन’ [अन्तर्वार्ता]

'प्रचण्ड प्रधानमन्त्री भएपछि पनि त्यस्ता परिवर्तनहरू खासै केही देखेकी छैन'

काठमाडाैं | भदौ २, २०८०

कभर तस्वीर : स्वस्तिमाको फेसबुकबाट ।

भर्सटायल अभिनेत्री हुन् स्वस्तिमा खड्का । ‘चिसो मान्छे’पछि फिल्ममा नदेखिएकी उनी एक वर्षको अन्तरालपछि नयाँ फिल्मका साथ आउँदैछिन् ।  स्वस्तिमाको शीर्ष भूमिका रहेको फिल्म ‘ऐंचो पैंचो’ भदौंको १४ गतेबाट देशव्यापी प्रदर्शनमा आउँदैछ । 

Laxmi Bank

टिजर र ट्रेलर हेर्दा फिल्म राजनीतिक परिवेशमा निर्माण भएको आकलन गर्न सकिन्छ । हालै फिल्म प्रचार–प्रसारका क्रममा भेटिएकी स्वस्तिमाले भने आफूले ‘ऐंचो पैंचो’लाई राजनीतिकभन्दा सामाजिक कथा भन्न रुचाउने बताइन् । लोकान्तरसँगको कुराकानीमा उनले फिल्मसँगै पारिश्रमिक र देशको राजनीतिका बारेमा समेत कुराकानी गरेकी छिन् ।


Advertisment

‘चिसो मान्छे’ रिलिज भएको झण्डै एक वर्षपछि तपाईंको नयाँ फिल्म ‘ऐंचो पैंचो’ प्रदर्शनमा आउँदैछ । यतिका समयपछि हलमा आउँदै गर्दा कस्तो लागिरहेको छ ? 


Advertisment

एकदमै फरक अनुभूति हुने त्यस्तो केही छैन । ७–८ वर्ष भइसकेछ फिल्ममा काम गर्न थालेको । यस अवधिमा थुप्रै फिल्म रिलिज भए । फिल्मलाई लिएर हाम्रो क्षेत्रमा कस्तो हुँदोरहेछ भने, १–२ महिनाको अन्तरालमा फिल्म आउँदा पनि कति धेरै फिल्म आएको हो जस्तो लाग्नेरहेछ । फिल्म रिलिजका लागि ६/७ महिना धेरै अन्तर होइन नि ! तर, दर्शकलाई फिल्म नै नआएको छैनजस्तो लाग्नेरहेछ । ‘चिसो मान्छे’ रिलिज भएको पनि धेरै भएको छैन । कोभिड लगायतका कारणले फिल्म धेरै बनेको पनि थिएन । कति जनाले धेरै भयो तपाईंको फिल्म आएको छैन त ? भन्नुहु्न्छ । अब, मेरा ३ वटा फिल्म सँगसँगैजस्तो आउँदै छन् । कति धेरै फिल्म आउन लागेको जस्तो फिल हुँदोरहेछ । जे होस् ‘ऐंचो पैंचो’लाई लिएर उत्साहित नै छु ।

‘ऐंचो पैंचो’ नाम सुन्दा मौलिक लाग्छ । विशेषगरी गाउँघरतिर बढी प्रयोग हुने शब्द हो । तर, यो फिल्म चाहिँ ‘पोलिटिकल ड्रामा’ हो है ?
पोलिटिकलमात्रै चाहिँ होइन, पोलिटिकल पनि हो । फिल्ममा फेरि अलिअलि पोलिटिक्स देख्नेवित्तिकै यो फिल्म पोलिटिकल रहेछ वा पोलिटिकल ड्रामा रहेछ भन्ने हुँदोरहेछ । मैले भन्दा चाहिँ यसलाई सोसल ड्रामा भन्न रुचाउँछु । त्यसमा अलिकति पोलिटिक्स पनि इन्भल्ब छ । क्यारेक्टरहरू पोलिटिक्समा इन्भल्ब हुनुहुन्छ । त्यस हिसाबले पोलिटिक्स पनि इन्भल्ब छ, पोलिटिकल फिल्म नै चाहिँ होइन ।

null

केही दिनअघि मात्रै फिल्मको ट्रेलर सार्वजनिक गरियो । यसमा तपाईंको भूमिका राजनीतिकर्मीका रूपमा उदाउँदै गरेकोजस्तो देखिन्छ । खास कस्तो भूमिकामा हुनुहुन्छ ?  

मेरो भूमिकाबारे अहिले नै धेरै खुलाउन मिल्दैन । त्यही भएर पनि ट्रेलरमा मेरो भूमिका रिलेटेड विषय धेरै देखाइएको छैन । मेरो पोलिटिकल क्यारेक्टर धेरै देखाइएको छैन । अलिकति मात्रै देखाइएको छ । पोस्टरमा पनि अलिकति मात्र देखाइएको छ । त्यस हिसाबले मेरो भूमिका खुलाउन नमिल्ने विषय नै छ । हाम्रो फिल्म सोसल ड्रामा प्लस सस्पेन्स् छ । सस्पेन्स्सँग रिलेटेड भएका कारण भूमिका अहिले नखुलाऔँ ।

तपाईं आफूले चाहिँ राजनीतिक दल वा राजनीतिक दलका काम, कर्तव्यहरूलाई कत्तिको नजिकबाट नियाल्नुभएको छ ?
यो उमेरमा आइसकेपछि । देशको नागरिक भइसकेपछि । अझ भनौं, भोटर भइसकेपछि त्यो चेत आपसेआप आउँदोरहेछ । म पोलिटिक्समा इन्भल्ब हुँदिन वा पोलिटिकल कुराहरूका खासै रुचि देखाउँदिन भन्दाभन्दै पनि कहीँ न कहीँ पोलिटिकल कुराहरूमा ध्यान गइहाल्दो रहेछ । 

यो समयमा मैले काम गर्न जरुरी छैन भन्ने फिल भयो भने वा, टिमसँग काम गर्न सक्दिनँ कि वा भिजन मिल्दैन कि भन्ने फिल हुँदा मैले फिल्म अस्वीकार गर्छु । मुख्य कुरा भनेको टिमसँग भिजन मिलेन भने काम गर्न एकदमै गाह्रो हुन्छ । तपाईंको सिम्पल स्टोरी छ भने पनि त्यो निर्देशक वा टिमले मज्जाले पुलअप गर्न सक्छ है भन्ने फिल भयो भने सिम्पल स्टोरीमा पनि काम गरिन्छ ।

मलाई पोलिटिक्समा खासै रुचि छैन भन्दाभन्दै पनि आफैँ जोडिदोरहेछ । पोलिटिक्स भनेको देशलाई बोक्ने कुरा हो । हामी पोलिटिक्स भनेको डर्टी कुरा हो, राम्रो होइन भन्छौं । तर पोलिटिक्स त देशलाई बनाउने कुरा हो ।

ठ्याक्कै भन्दा तपाईंले बुझेको राजनीति के हो ? 
पोलिटिक्स (राजनीति) त्यति सजिलै बुझिने कुरा हो जस्तो लाग्दैन । मैले ठ्याक्कै यही हो भनेर त पोलिटिक्सलाई बुझेकी छैन होला । मैले एउटा नागरिकका हिसाबले हेर्दा राजनीति भनेको देशलाई बनाउन र बिगार्न सक्ने कुरा हो । राज्यको नीति हो । हाम्रो डेली लाइफमा इफेक्ट गर्ने कुरा हो । म घरदेखि यहाँसम्म आउँदा मेरो अनुभव कस्तो रह्यो त्यो पनि पोलिटिक्सले इफेक्ट गर्ने कुरा हो । म के सोचिरहेकी, के खाइरहेकी छु । वा, मेरो मुडलाई पनि पोलिटिक्सले इफेक्ट गर्छजस्तो लाग्छ सरसर्ती हेर्दाखेरी । 

‘ऐंचो पैंचो’ फिल्मको ट्रेलर हेर्दा कताकता तपाईंको पात्रको उदय बालेन शाह, हर्क साम्पाङ, सोविता गौतम, डा तोसिमा कार्कीको जस्तैगरी भएको संकेत देखिन्छ । यसबारे अलिकति बताइदिनुहोस् न !

त्यस्तो पनि होइन । मैले फिल्म हेरिसकेकी छैन । फिल्मको आफ्नै एउटा स्टोरी छ । फेरि, फिल्म भनेको सोसाइटीको ‘रिफ्लेक्सन’ हो भनिन्छ । सोसाइटीमा जे भइरहेको छ त्यही कुरा फिल्ममा देखाउने हो । वा, जे हुनुहुँदैन भनिन्छ त्यो कुरा फिल्ममा देखाइन्छ होला । 

कहीँ न कहीँ सोसाइटीबाट ‘इन्स्पायर’ भइन्छ होला । पछिल्लो समय पोलिटिकल बेसका फिल्महरू बन्ने क्रम धेरै देखिएको छ । किन पनि भने, पछिल्लो समय पोलिटिक्सलाई लिएर युथहरू कन्सस हुनुहुन्छ । वा देशमा जनतालाई पोलिटिक्सलाई लिएर इन्टे«ष्टेड हुनुहुन्छ । त्यो हुनेबित्तिकै हामीले पनि फिल्ममा त्यो कुरा इन्भल्ब गराउनुपर्छ भनेर गराइन्छ होला । तर, ‘ऐंचो पैंचो’को सन्दर्भमा पर्टिकुलर व्यक्तिसँग रिलेटेड त्यस्तो केही छैन ।

फिल्ममा आफ्नो पात्रका लागि अलिकति तयारी पनि गर्नुपरेको थियो होला ? किनभने तपाईंको पृष्ठभूमि राजनीति होइन । यस फिल्मको सुटिङमा जाँदै गर्दा के कस्तो तयारी गर्नुभयो ?

मैले अघि पनि भनिहालेँ, म त्यस्तो राजनीतिज्ञकै भूमिकामा भनेर त्यस्तो केही पनि देखाइएकी छैन । अलिकति टच मात्रै छ । फिल्ममा पनि मैले धेरै समय दिएर, क्लास नै लिएर, एकदमै ‘अब्जर्ब’ गर्नुपर्ने थिएन । यति भन्दाभन्दै कहीँ–कहीँ बडिल्याङवेजका लागि केही तयारी गरेकी थिएँ । 

null

कतिपयले तपाईं काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँग निकट रहेको भन्छन् । उहाँको समर्थक भन्छन् । उहाँसँग केही आइडिया लिनुभयो ? 

एक त लिनुपर्ने पनि थिएन । तर, फेरि म उहाँसँग पर्सनल्ली नजिक होइन । उहाँकी समर्थक चाहिँ हुँ । चुनाव जित्नुभन्दा अगाडिदेखि म उहाँलाई समर्थन गर्थेँ । अहिले आएर जसरी उहाँले आफूलाई प्रुफ गर्दै आइरहनुभएको छ, सारा जनताले नै सपोर्ट गर्दै आइरहनुभएको छ । मेरो उहाँसँग एकपटक मात्रै भेट भएको छ । ‘चिसो मान्छे’को ट्रेलर रिलिजमा भेट भएकोजस्तो लाग्छ । ‘ऐंचो पैंचो’ फिल्ममा मेरो क्यारेक्टर उहाँसँग वा अरु राजनीतिज्ञसँग बस्नुपर्ने थिएन । 

मेयर बालेनको कामलाई लिएर अलिकति संकेत त गर्नुभयो । पछिल्लो समय उहाँले फिल्मको पोस्टर टाँस्नमा पनि कडाइ गर्दै आउनुभएको छ । यो कामलाई कसरी लिनुभएको छ ?

मसँग रिलेटेड काम वा मसँग रिलेडेट केही कुरालाई एक्सन लिनुभयो भने उहाँ नराम्रो, मसँग रिलेटेड नभएका काममा एक्सन लिनुभयो भने राम्रो भन्ने हाम्रो सोच छ, त्यसलाई चाँडो परिवर्तन गर्नुपर्छजस्तो लाग्छ । कतिपयले के भनेको सुन्छु भने, हामीले भोट दिएर जिताएको मान्छेले हामीलाई यसो गर्छ । हामी त्यसरी सोच्नु त एकदमै नराम्रो कुरा हो । 

पोस्टर टाँस्न नदिनु पर्यावरणका लागि राम्रो होला । वा, कुनै एउटा तोकिएको स्थानमा टाँस्ने हो कि ? उहाँले केही पछिसम्मलाई सोँचेरै गर्नुभएको होला । हामी फरेन कन्ट्रीहरूमा जाँदा पनि जहाँ पायो त्यहाँ पोस्टर टाँसेको देख्दैनौं । बाहिर यस्तो गर्दैन हामीले पनि गर्नुहुँदैन भन्ने मात्रै होइन कि, तर उहाँले पछिसम्मलाई सोँचेर गर्नुभएको होला । 
फिल्मको मात्रै होइन्, अरु कमर्सियल पोस्टरहरू पनि जहाँ पायो त्यहाँ टाँसेको देख्छौं । त्यो त वातावरणको लागि पनि राम्रो होइन । सहरलाई हेर्दा पनि त्यो राम्रो देखिँदैन । 

अहिलेको वर्तमान राजनीतिलाई यहाँले कसरी नियालिरहनुभएको छ ? 

म आर्मी स्कुलमा पढेर डिप्लोमा चाहिँ थापाथली इन्जिनियरिङ कलेजमा पढेकी हुँ ।  एकदमै कडा अनुशासनमा रहने आर्मी स्कुलबाट सरकारी कलेजमा जाँदा धेरै भिन्नता पाएकी थिए । सरकारी क्याम्पस भन्नेबित्तिकै नेपालमा एकदमै पोलिटिक्स हुने गरेको पाइन्छ । त्यहाँ पनि कहिले क्लास नै बंक गरिदिने, कहिले दुई पार्टीनिकट विद्यार्थीबीच झगडा हुने गथ्र्यो । त्यो देख्दा ए पोलिटिक्स भनेको यस्तो हुँदोरहेछ, पोलिटिक्स बेस यो रहेछ भन्ने मेरो बुझाइ भयो । यो कसरी राइट भयो त भन्ने हुन्थ्यो । त्यसबेलादेखि नै पोलिटिक्सलाई लिएर एकदमै नकारात्मक प्रभाव परेको थियो । त्योभन्दा अगाडि त पोलिटिक्स भनेको बुवा–ममीले समाचारमा हेर्ने कुरा हो भन्ने लाग्थ्यो । हामीले बुझाइ राख्नुपर्छ भन्ने लाग्दैनथ्यो । 

कोही पनि व्यक्ति राजनीतिमा राजनीतिक चेत राखेर आउनुहुन्छ । अझ, भनौं युवापुस्ता, पढेलेखेका व्यक्तिहरू आउनुहुन्छ भने देशका लागि एकदमै राम्रो हो ।

पछि कलेजमा एउटा पार्टी निकटकासँग बोल्यो भने अर्को पार्टी निकटकाले रिस गर्ने हु्न्थ्यो । यो देख्दा पोलिटिक्स भनेको यस्तो रहेछ भन्ने एक खालको सोच दिमागमा बसेको थियो । अब, अहिले आएर पोलिटिक्स भनेको राज्य बनाउने नीति हो । त्यसबारे केही न केही अपडेटेड हुनुपर्छ भन्ने लाग्छ । अघि पनि यसबारे केही कुरा भयो । तर, नेपालको पोलिटिक्स त सबैलाई थाहा छ, एकदमै अनइन्स्टेबल छ । सरकार प्रायः सधैँ ५ वर्ष नभइ परिवर्तन भइरहेको हुन्छ । 

पछिल्लो समय सुनकाण्डको विषयलाई लिएर सरकारको आलोचना वा समर्थन गर्ने गरेको देखिन्छ । सुन समातियो, नेपाल ट्रान्जिट प्वाइन्ट हुन्छ । यो पनि कहीँ न कहीँ गएर राजनीतिसँग जोडिन्छ । बेला–बेलामा यस प्रकारका घटनाहरू देख्दा–सुन्दा एउटा कलाकारको मनमा कस्तो अनुभूति हुन्छ ?

यस्ता कुराहरूलाई इन्टरनेसनल्ली हेर्दा पनि राम्रो कुरा होइन । यस्ता कुराहरूले बाहिर राम्रो रेपिटेसन जाँदैन जस्तो लाग्छ । हामी आफैँले हेर्दा पनि एकदमै दुःखको कुरा हो । अस्ति भर्खरै एउटा भिडियो देखिरहेकी थिए, एकजनाले नेपालबाटै लगाएर गएको सुन फर्किएर आउँदा एयरपोर्टमा खोस्नुभएको । खाडीबाट आएका व्यक्तिहरूले ल्याएका सामानमा कडाइ गरिरहेको पनि देखिरहेका हुन्छौं । हुन त त्यो रुल्स होला, तर सबैलाई उस्तै गर्नुपर्यो । सिस्टममा बसिरहेका छौं भन्ने तर ठूलो परिणाममा सुन आयो, समातियो भनेर सुन्नु एउटा नागरिक भएर हेर्दा एकदमै दुःखको कुरा हो । 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको कामलाई तपाईंले कसरी हेरिरहनुभएको छ ? 

उहाँको पछिल्लो कार्यकाल ८ महिना पुग्दैछ होला । उहाँ पहिले पनि प्रधानमन्त्री हुनुभएको व्यक्ति हो । उहाँ आइसकेपछि त्यस्ता परिवर्तनहरू खासै केही पनि देखेकी छैन । हुन त एक वर्षमै, पाँच वर्षमै भयंकर चेन्ज हुने पनि होइन होला । कति कुराहरू हामीलाई थाहा पनि नहुन सक्छ । समाचारमा हाइलाइट नभइकन आएका कामहरू पनि हुनसक्छन् । प्रधानमन्त्रीको सन्दर्भमा उहाँको काम नियालेर, यो राम्रो गर्नुभयो भनेर भन्न सक्ने त्यस्तो केही पनि याद गरेकी छैन । सायद, मैले धेरै मूल्यांकन नगरेर पनि होला ।

पछिल्लो समय कतिपय कलाकारले राजनीतिमा रुचि राख्नुभएको छ । तर, धेरै कलाकार राजनीतिक चेतबिना नै राजनीतिमा आउनुभएको पाइन्छ । यसमा तपाईंको धारणा के छ ? 

कोही पनि व्यक्ति राजनीतिमा राजनीतिक चेत राखेर आउनुहुन्छ । अझ, भनौं युवापुस्ता, पढेलेखेका व्यक्तिहरू आउनुहुन्छ भने देशका लागि एकदमै राम्रो हो । राजनीति र फिल्मी पेशा भनेको दुईवटै ‘पब्लिक’मा जाने कुरा हो । पोलिटिक्समा गएँ भने मलाई धेरैले चिन्छन् भन्ने हिसाबले जाने हो भने त्यो राम्रो कुरा भएन । 

तर, केही न केही चेत राखेर जानुहुन्छ, भविष्यलाई सोचेर जानुहुन्छ, देशकै लागि केही सोचेर जानुहुन्छ वा मसँग पोलिटिक्सका बारेमा केही नलेज छ वा कुनै पनि सिस्टमलाई लिएर केही नलेज छ भनेर जानुहुन्छ भने त एकदमै राम्रो हो । फिल्म क्षेत्रको मात्र होइन कि विजनेस क्षेत्रकै व्यक्ति किन नहोस् । वा, कृषि क्षेत्रकै व्यक्ति पनि किन नहुन् । आफूले राम्रो गर्न सक्छु भन्ने लाग्छ भने जुनसुकै क्षेत्रका व्यक्तिहरू राजनीतिमा जाँदा राम्रो हुन्छ । 

null

तपाईं भर्सटायल हुनुहुन्छ । हरेक जनराका फिल्ममा काम गरिरहनु्भएको छ । ‘बुलबुल’ र ‘चिसो मान्छे’जस्ता गम्भीर खालका फिल्ममा पनि मज्जाले जम्नुभएको हुन्छ । ‘छक्कापञ्जा– २’, ‘ऐंचो पैचो’जस्ता कमर्सियल खालका फिल्ममा पनि उत्तिकै जम्नुभएको हुन्छ । तपाईं आफूलाई चाहिँ यी दुई धारका फिल्ममध्ये कुनमा बढी फिट लाग्छ ?

त्यो त मैलेभन्दा पनि दर्शकले मूल्यांकन गर्ने कुरा हो । तर, मलाई सबै प्रकारका भूमिकामा काम गर्न मन लाग्छ । फिल्ममा हामी कलाकारहरूलाई सेलमा राख्न खोजिन्छ के ! अहिले आएर हाम्रो जेनेरेसनदेखि अलिकति चेन्ज भएको छ । मलगायत अरु कलाकारहरू, विशेषगरी अभिनेत्रीहरू सबैजनाले फरक–फरक काम गर्ने भएको भएर सबै प्रकारका काम गर्न सकिन्छ र गर्नुपर्छ भन्ने भएको छ । 

मैले ‘बुलबुल’मा बच्चाकी आमा भएर अभिनय गरेकी थिए । त्यसमा काम गर्नुभन्दा अगाडि कतिजनाले भन्नुभएको थियो, ‘तिमीले यस्तो खालको फिल्म गर्न लागेको हो ? तिमी त कर्मर्सियल धारकी कलाकार हो । तिमीले यस्तो खालको भूमिका गर्दा भोलि यस्तै प्रकारका फिल्मको मात्र अफर आउन सक्छ । कमर्सिलय फिल्मको अफर नआउन सक्छ ।’ त्यसो भनेर धेरैले हतोत्साहित गर्न खोज्नुहुन्थ्यो । उहाँहरूले मलाई नराम्रो सोचेर भन्नुभएको त होइन होला । तर, विगतदेखि त्यसरी नै कल्चर डेभलप भएको छ । यो प्रकारका कलाकारले यो प्रकारको मात्र फिल्म गर्नुपर्छ भन्ने कल्चर डेभलप भएको थियो । 

‘बुलबुल’मा काम गरिसकेपछि फेरि मैले कर्मर्सियल फिल्म गर्दा जताबाट मैले इनिसियल स्टार्ट गरेकी थिए, त्यतातर्फ जाँदा पनि कतिपयले भन्नुभएको थियो, – ‘बुलबुलजस्तो गम्भीर खालको फिल्म गरेपछि तिमीलाई सिरियस्ली लिन थालिएको छ । फेरि, कर्मर्सियल धारमा गयौं भने सिरियस्ली लिँदैनन् ।’ मलाई याद छ, मैले ‘पल्पसा क्याफे’ ड्रामा गर्न लागेकी थिए । त्यतिबेला मूलधारमा मिडियाका एकजना पत्रकारले लेख्नुभएको रहेछ, ‘साली मन पर्यो’ जस्तो गीतमा नाच्ने स्वस्तिमाले पल्पसालाई कसरी निभाउँछिन् होला र ?’ नाच्न सक्ने कलाकार वा नायिकाले गम्भीर खालको रोल गर्न सक्दैनन् र गम्भीर खालको रोल गर्नेले नाच्नु हुँदैन, त्यो हिसाबले हामीलाई पेस गराइएको थियो । तर अहिले आएर म कलाकार हो मैले सबै प्रकारका भूमिकाहरू निर्वाह गर्न सक्छु भन्ने भएको छ । म नाँच्न पछि सक्छु । बुलबुलमा जस्तो क्यारेक्टर गर्न पनि सक्छु । छक्कापञ्जाको जस्तो लाइट खालको क्यारेक्टर गर्न पनि सक्छु । 

यसवर्ष त तपाईंका फिल्महरू अलि धेरै छन् । ‘ऐंचो पैंचो’पछि ‘भष्मे डन’ र ‘दिमाग खराब’ प्रदर्शनमा आउँदैछन् । यसरी हेर्दा यसवर्ष तपाईंका लागि विशेष छ है ? 

कामलाई लिएर हेर्दा हरेक वर्ष विशेष नै हुन्छ । तर, यसपालि ३ वटा फिल्म सँगसँगैजस्तो एक–एक महिनाको ग्यापमा हुनेभयो । भदौमा ‘ऐंचो पैंचो’, त्यसपछि कात्तिकको सुरुवातमा ‘भष्मे डन’ र कात्तिकको अन्तिममा ‘दिमाग खराब’ आउने भएका छन् । यसरी हेर्दा ३ महिना मेरा लागि अलिकति विशेष नै हुँदैछ भनौं । 

यी फिल्मपछि फेरि केही समय नयाँ फिल्ममा देख्न नपाइने हो कि ? 

तीन महिनाको ग्यापमा मैले कुनै पनि फिल्म लिएकी छैन । किनभने, सुटिङ भनेपछि पुरै सुटिङलाई समय दिनुपर्ने हुन्छ । प्रमोसन भनेपछि पूरै समय प्रमोसनलाई दिनुपर्ने हुन्छ । ३ महिनापछि केही समय आराम गरेरमात्र अन्य फिल्ममा व्यस्त हुनेछु । 

तपाईंलाई महंगी अभिनेत्री भनिन्छ । यद्यपि, तपाईंले फिल्मका लागि लिएको पारिश्रमिकबारे कहिल्यै आधिकारिक जानकारी आउँदैन । यसबारे खुलाउन मिल्छ ?

आफ्नो पारिश्रमिकको कुरा बाहिर गर्नुहुँदैन भन्ने सोच वा चेत राख्ने व्यक्ति हुँ । मैले कुन प्रोजेक्टबाट कति रुपैयाँ लिएँ भन्ने कुरा मेरो घरमा पनि थाहा हुँदैन । म त्यस्तो महंगी पनि होइन, आफूले डिजर्भ गर्ने पारिश्रमिकचाहिँ लिन्छु । 

हाम्रो क्षेत्रमा कस्तो छ भने, यो कलाकारले यति रुपैयाँ लिइरहेको छ तिमीले त्योभन्दा १ लाख रुपैयाँ मात्रै महंगो लियौं भने त्योभन्दा ठूलो स्टार हुन्छौ भन्ने हिसाबले प्रस्तुत गरिन्छ । यद्यपि, म त्यो कुरामा विश्वास गर्दिन । हाम्रो यति सानो इन्डस्ट्री छ, त्यो इन्डस्ट्री आफैँमा सस्टेन गर्न गाह्रो भइरहेको छ । यदि म आफूले आफैँलाई डिजर्भ गर्ने पारिश्रमिक लिएकी छु भने त्योभन्दा धेरै लिएर स्टार भइन्छ भन्ने कुरामा विश्वास गर्दिन । 

पारिश्रमिकको कुरामा म महंगी पनि होइन । मलाई फिल्म मन पर्छ भने कति फिल्म २ लाखमा पनि गरेको हुनसक्छु । वा, त्यो फिल्म बिग बजेट प्रोडक्सन हो, प्रोड्युसरले पारिश्रमिक धेरै दिन हिच्किच्याउँनु हुँदैन भने २० लाख रुपैयाँ लिएर पनि गरिन्छ होला । कुनै मलाई मन परेको कन्टेन्ट छ भने फ्रीमै पनि गरिन्छ होला । वा, कन्टेन्ट एकदमै राम्रो लागिरहेको छ भने कुनैमा आफैँले पैसा हालेर पनि गरिन्छ कि ! 

पारिश्रमिक यति हुनुपर्छ भन्ने हुँदैन । फिल्मबाहेक अरु बाहिरी काम हो भने पैसाकै लागि गरिएको पनि हुनसक्छ, सस्टेनका लागि कतिपय प्रोजेक्ट गर्नुपर्ने हुनसक्छ । तर, स्पेसल फिल्मलाई लिएर मेरो पारिश्रमिक यति हुनुपर्छ भन्ने छैन । 

तपाईंले कस्तो अवस्थामा फिल्म अस्वीकार गर्नुहुन्छ ?

यो समयमा मैले काम गर्न जरुरी छैन भन्ने फिल भयो भने । वा, टिमसँग काम गर्न सक्दिनँ कि वा भिजन मिल्दैन कि भन्ने फिल हुँदा । मुख्य कुरा भनेको टिमसँग भिजन मिलेन भने काम गर्न एकदमै गाह्रो हुन्छ । तपाईंको सिम्पल स्टोरी छ भने पनि त्यो निर्देशक वा टिमले मज्जाले पुलअप गर्न सक्छ है भन्ने फिल भयो भने सिम्पल स्टोरीमा पनि काम गरिन्छ । काम गर्ने सम्झौता भएर भिजन नमिलेका उदाहरण धेरै छन् । मैले सकेसम्म टिमलाई प्राथमिकतामा राखेकी हुन्छ  । तर, कहिलेकाहीँ स्क्रिप्ट मन परेर काम गरिन्छ । तर, टिमसँग भिजन नमिलेको खण्डमा भने मैले यसमा काम गर्न हुँदैनथ्यो कि भन्ने फिल हुन्छ ।

तस्वीर : स्वस्तिमाको फेसबुकबाट

स्वस्तिमासँगको कुराकानी भिडियोमा हेर्नुहोस् ।

कात्तिक २१, २०८०

भैरहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ को बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आ...

जेठ ५, २०८१

काठमाडौं गोदावरीकी लक्ष्मी (नाम परिवर्तन) राहत शिक्षकको कोटामा सिन्धुपाल्चोकस्थित एक सरकारी विद्यालय पढाउन पुगिन् । उनले ‘होम ट्युसन’ पनि पढाउँथिन् । कक्षा १० मा पढिरहेका राजु (नाम परिवर्तन)&nb...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

धर्म छाडा प्राणी

धर्म छाडा प्राणी

असोज १९, २०८१

संसारमा सर्वाधिक धर्मछाडा, बेइमान र हिंस्रक प्राणी को हो भनेर सोध्ने हो भने शायद एकै किसिमको उत्तर पाउन सकिन्न । कसैले केही भन्लान्, कसैले केही । कसैको नजरमा बाघभालु आदि वन्य जनावर पर्लान्, कसैको नजरमा अरू नै ...

अखिल (क्रान्तिकारी)भित्र लफडाः माओवादी उत्पादनको ‘नर्सरी’ झन् गञ्जागोल !

अखिल (क्रान्तिकारी)भित्र लफडाः माओवादी उत्पादनको ‘नर्सरी’ झन् गञ्जागोल !

असोज १५, २०८१

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले सशस्त्र संघर्ष शुरू गरेपछि सबैभन्दा बढी चर्चामा उसको विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) रह्यो । भूमिगत पार्टीको खुला मोर्चामा यु...

राजनीतिक नेतृत्वप्रतिको जनआक्रोश र गुम्दै गरेको अमूल्य समय

राजनीतिक नेतृत्वप्रतिको जनआक्रोश र गुम्दै गरेको अमूल्य समय

असोज ११, २०८१

हामीसँग पर्खिने र हेर्ने समय छैन । विगतमा गुजारेको अनुत्पादक समयको क्षतिपूर्ति स्वरूप दिनरात काम गर्नुपर्ने र आउने पुस्ताको निम्ति सुविस्ताको जीवन बिताउने वातावरण बनाइदिने जिम्मेवारी हाम्रै हो । र, अर्को कुरा अह...

x