०८ असार २०८३, सोमबार

थाई पूर्वप्रधानमन्त्री थाक्सिन मङ्गलबार स्वदेश फर्कने

भदौ २, २०८०
काठमाडौं
थाई पूर्वप्रधानमन्त्री थाक्सिन मङ्गलबार स्वदेश फर्कने

थाइल्याण्डका पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्रा मङ्गलबार स्वदेश फर्कने उनकी छोरी पेतोङतार्न सिनावात्राले बताएकी छन्।

सन् २००६ मा भएको सैन्य ‘कू’ मा सत्ताच्युत भएका ७४ वर्षीय अर्बपतिले १५ वर्ष स्वनिर्वासनमा बिताएका छन् ।

थाक्सिनले लामो समयदेखि आफू घर फर्कन चाहेको बताउँदै आएका छन् तर उनीमाथि विभिन्न आपराधिक आरोप लागेका छन् ।

“मङ्गलबार (अगस्ट २२) को ठीक ९ः०० बजे म आफ्ना बुबा थाक्सिनलाई डन मुआङ विमानस्थलमा स्वागत गर्नेछु,” फेउ थाई पार्टीका तर्फबाट प्रधानमन्त्रीका प्रत्यासीमध्येकी एक उनकी छोरी पेतोङतार्न सिनावात्राले इन्स्टाग्राममा लेखेकी छन् । 

थाक्सिनसम्बद्ध फेउ थाई पार्टीकी श्रेता थाभिसिनलाई प्रधानमन्त्रीका रूपमा अनुमोदन गर्ने वा नगर्ने र मे महिनामा भएको आम निर्वाचनपछि महिनौंदेखिको राजनीतिक अनिश्चितता अन्त्य गर्ने विषयमा दिउँसो हुने मतदानपूर्व उनको पुनरागमन हुनेछ ।

प्रधानमन्त्री बन्नका लागि सेरेथाले ५०० निर्वाचित सांसदको तल्लो सदन र राज्यको अन्तिमतिर शैनिक प्रशासक (जुन्टा)ले छानेको २५० सदस्यीय सिनेटमा बहुमत जुटाउनु आवश्यक छ ।

प्रोग्रेसिभ मुभ फरवार्ड पार्टी (एमएफपी) ले चुनावमा सबैभन्दा बढी संसदीय सीट जितेको थियो तर सिनेटबाट मत नपाउँदा एमएफपीले आफ्नो नेतालाई प्रधानमन्त्री बनाउन विफल भएको छ । 

फेउ थाई दोस्रो स्थानमा आएको छ र सरकार गठनको प्रयास गरिरहेका छ । 

salt training

कमेन्ट गर्नुहोस्