
भारतीय सेनाको गाडी दुर्घटना हुँदा नौ सैनिकको ज्यान गएको छ । भारतीय सेनाको गाडी शनिवार साँझ लद्दाखमा दुर्घटना भएको हो ।
दुर्घटनामा ९ सैनिकको मृत्यु भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । दुर्घटनामा एक जना घाइते भएका छन् । उनको उपचार भइरहेको समाचारमा उल्लेख छ । गाडीमा १० सैनिक सवार थिए ।
सेनाको गाडी एउटा गहिरो खाल्डोमा खसेको थियो ।
दुर्घटनापछि प्रधानमन्त्री नरेन्द्र मोदी, रक्षा मन्त्री राजनाथ सिंह, गृहमन्त्री अमित शाहलगायतले दु:ख व्यक्त गरेका छन् ।
Pained by the mishap near Leh in which we have lost personnel of the Indian Army. Their rich service to the nation will always be remembered. Condolences to the bereaved families. May those who are injured recover at the earliest: PM @narendramodi
— PMO India (@PMOIndia) August 19, 2023