२२ असार २०८३, सोमबार
दुर्घटना

काठमाडौंको ढुंगेधारामा बसले ठक्कर दिँदा दुई जनाको मृत्यु, एक घाइते

भदौ ३, २०८०
काठमाडौं
काठमाडौंको ढुंगेधारामा बसले ठक्कर दिँदा दुई जनाको मृत्यु, एक घाइते

काठमाडौंमा बसले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ ।

आज (आइतवार) बिहान काठमाडौं महानगरपालिका-१५ अन्नपूर्ण चोकस्थित ढुङ्गेधारामा मूल सडक खण्डमा बसले ठक्कर दिँदा दुई जनाको ज्यान गएको काठमाडौं प्रहरी परिसरले जनाएको छ । 

प्रहरीका अनुसार बालाजुबाट कलंकीतर्फ आउँदै गरेको ना ५ ख ५०९२ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको मोटरसाइकललाई ठक्कर दिएको हो । 

बसको ठक्करबाट गम्भीर घाइते भएका उनीहरूको उपचारको क्रममा टिचिङ अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार ज्यान गुमाउनेमा सिन्धुपाल्चोकको साँगाचोकगडी नगरपालिका घर भएका ३२  वर्षीया अनिता थापा र ३२ वर्षीय अर्का पुरुषको ज्यान गएको हो । उनको पहिचान हुन सकेको छैन ।

दुर्घटनामा नौ वर्षीय बालिका अनिशा थापा घाइते भएकी छन् । टाउकोमा चोट लागेर घाइते भएकी थापाको मनमोहन अस्पतालमा उपचार भइरहेको छ । 

बस र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्