२३ असार २०८३, मंगलबार

सदनको अवरोध खुलाउन सत्ता र प्रतिपक्षीसँग छलफल गर्दै सभामुख

भदौ ३, २०८०
काठमाडौं
सदनको अवरोध खुलाउन सत्ता र प्रतिपक्षीसँग छलफल गर्दै सभामुख

प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले ​लामो समयदेखि जारी सदनको अवरोध खुलाउने विषयमा सत्ता र प्रतिपक्षी दलहरूसँग छलफल गर्ने भएका छन् । सदनको अवरोध खुलाउने विषयमा छलफल गर्न सभामुख घिमिरेले सत्ता र प्रतिपक्षी दलका प्रमुख सचेतकहरूलाई बोलाएका हुन् । 

दलहरूलाई आज (आइतवार) बिहान ११ बजे सिंहदरवारस्थित सभामुखको कार्यकक्षमा छलफलमा बोलाइएको उनको सचिवालयले जनाएको छ । 

सचिवालयका अनुसार छलफलमा सत्तापक्षबाट नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र तथा विपक्षी दलबाट नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी सहभागी हुने तय भएको छ ।

६० किलो सुन बरामद प्रकरणको छानबिन गर्न उच्च स्तरीय समिति बनाउन माग गर्दै प्रमुख प्रतिपक्षी एमालेले साउन १० गतेबाट निरन्तर सदन अवरुद्ध गर्दै आएको छ । प्रतिनिधि सभाको बैठक आजै दिउँसो १ बजे बस्ने तय भएको छ । 

salt training

कमेन्ट गर्नुहोस्